२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परेवा उडान र सांस्कृतिक झाँकी सहित संविधान दिवस मनाइदै

२०७४, ३ आश्विन मंगलवार ०८:३९

असोज ३, काठमाडौँ। नेपालको संविधान घोषणा भएको तेस्रो वार्षिक दिवसका उपलक्ष्यमा नेपाली सैनिक मञ्चमा संविधान दिवस–२०७४ समारोह आयोजना गरिएको छ । 

सो अवसरमा नेपाली सेनाका दुई हेलिकप्टरबाट ‘संविधान दिवस–२०७४’ लेखिएको ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिनाका साथै रङ्गीबिरङ्गी बेलुन उडाइएको थियो । मुलुकमा शान्तिको कामना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख ओनसरी घर्तीले ‘शान्तिका दूत’ परेवा उडाउनुभएको थियो । 

संविधानसभा मूल समारोह समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउटबाट विशेष मार्च पास गरिएको थियो भने विभिन्न वेशभूषा झल्कने सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको थियो । 

काठमाडौँ र ललितपुर महानगरपालिका, भक्तपुर, मध्यपुर थिमि र कीर्तिपुर नगरपालिका तथा जिल्ला समन्वय समिति भक्तपुरले विशेष सांस्कृतिक प्रस्तुति झाँकी प्रदर्शन गरेका थिए । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्बाट उसु, तेकान्दो र मुवा फाइट तथा नेपाली सेनाको सांगीतिक समूहबाट नेपाली राष्ट्रिय गीतको धुन प्रस्तुत गरिएको थियो । 

मूल समारोहका अध्यक्ष तथा प्रधानमन्त्री देउवाको सम्बोधनपछि कार्यक्रम समापन भएको थियो । कावा प्रधानन्यायाधीश दीपकराज जोशी तथा मन्त्रिगण, सांसद्, कूटनीतिक नियोगका प्रतिनिधि, राजनीतिक दलका नेता, प्राध्यापक, खेलाडी, नागरिक समाज, उद्योग व्यवसायी र सुरक्षाकर्मीको पनि सो अवसरमा सहभागिता थियो ।

 

राष्ट्रिय एकतालाई अझ बलियो बनाइने छःप्रम 

प्रधानमन्त्री देउवाले नेपालको ऐतिहासिक संविधानको सफल कार्यान्वयन गरी राष्ट्रिय एकतालाई अझ बलियो बनाइने बताउनुभएको छ । 

संविधान दिवस–२०७४ को मूल समारोह समितिका अध्यक्षसमेत रहनुभएका देउवाले संविधान कार्यान्वयन गरी मुलुकलाई अझ सुदृढ बनाउन र समृद्धिको दिशातर्फ उन्मुख गराउन आआफ्नो ठाउँबाट योगदान गर्न सबैलाई आग्रह गर्दै दिवसले सबैलाई एकताबद्ध भई समृद्ध राष्ट्र निर्माण गर्ने कार्यमा अगाडि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको र प्रदेश र केन्द्रको निर्वाचनको पनि मिति तोकिएको हुनाले तीनै तहको निर्वाचन सम्पन्न भएपछि संविधान कोसेढुंगा सावित हुने बताउनुभयो । 

सबैको भाषा, संस्कृति, परम्परा, धर्मको संरक्षण र संवद्र्धनको बाटो फराकिलो पारेर विभिन्न जातिको विशिष्ट अवस्थालाई ध्यानमा राखी महिला, दलित, आदिवासी जनजाति, थारु, मुस्लिम, अल्पसंख्यक र उत्पीडितको अधिकारलाई संरक्षण गर्न संविधान महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । 

प्रधानमन्त्री देउवाले संविधानबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संस्थागत हुन पुगेको उल्लेख गर्दै बहुदलवादमा आधारित, लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवाधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता र स्वतन्त्र न्यायपालिकालाई संविधानमा व्यवस्था गरिएको बताउनुभयो ।  रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल