१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जर्मनमा रहेका आत्मारामलाई नेपाल झिकाईदै, १ महिनाभित्रै नेपालको जेलमा !

४ आश्विन २०७४, बुधबार ०४:०५

असोज ४, काठमाडौँ | जर्मनीमा रहेका आत्मारामलाई एक महिना भित्रै नेपाल झिकाई आवश्यक कारवाही गराईने भएको छ ।  - sajhasabal.com बाट 

धादिङ त्रिपुरासुन्दरीका आत्माराम थपलियालाई नेपाल प्रहरीले जर्मनीबाट नेपाल झिकाउने तयारी समेत सुरु गरिसकेको छ । आत्मरामलाई सामाजिक संजालको दुरुपयोग गरेकाले कानुन अनुसार कारवाही गरिने प्रहरीले जनाएको छ । 

आत्मारामलाई किन झिकाईदैछ नेपाल ? 

सामाजिक संजालमा चर्को आलोचना खेपेका आत्मराम अहिले अध्ययनका लागि जर्मनीमा छन् । जर्मनीबाटै उनले नेपालको जातीय सद्भाव भड्काउने स्टाट्स लेख्ने तथा बिभिन्न व्यक्तित्वहरुलाई निराधार आरोप लगाउने काम गर्दै आएका छन् । उनले लेखेको स्टाटसमा सेर्पा, तामाङ, मगर गुरुङ, राई, लिम्बु र ठकुरी महिलाहरुलाई सिधै आक्षेप पुग्नेगरि आक्रोश प्रकट भएको थियो त्यस्तै सामाजिक काम गरिरहेका धुर्मुस सुन्तलीलाई समेत उनले आफ्नो स्टाटसमा अपशब्दले आलोचना गरेका थिए । 

उनलाई यिनै कारण नेपाल प्रहरीको सिआइबीले नेपाल झिकाउने तयारी थालेको जनाएको छ । 

आत्मरामले लेखेका अधिकांश स्टाट्स धर्म सम्बन्धी र जातजाती सम्बन्धी आधारित छ । यसै आरोपमा आत्मरामलाई नेपाल झिकाउन कुटनीतिक पहल सहित नेपाल प्रहरीले जर्मन स्थित सम्बन्धित निकायमा समेत पत्राचार गरिसकेको जनाएको छ । त्यस्तै इन्टरपोलको समेत सहयोग लिने बताइएको छ ।

धुर्मुस सुन्तली तथा बिभिन्न जातजाति संगै नेपालका सम्मननिय उपराष्ट्रपति नन्दबहादुर पुन र पुर्ब प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहित, अर्को राजनीतिक दल एमालेलाई समेत मुछेर स्टाट्स हालेका थिए । 

आत्मारामले धुर्मुस सुन्तलीलाई नाटक र नौटंकी हुन्, रोमन क्याथोलिक माफियाका पाल्तु हुन्, ति पाल्तुनै रहनेछन् भन्दै आलोचना गरेका थिए | 

उनले लेखेको तल्लो स्तरको आपत्तिजनक पोष्टमा धेरैले बिरोध गर्दै खरो प्रतिक्रिया दिएका छन् । बिरोध गर्नेहरुलाइ समेत लक्षित गरि आत्मारामले आफ्नो स्टाटसका कारण कसैलाई असर परेको भए अदालत वा प्रहरी कहाँ मुद्दा हाल्न भन्दै ठाडै चुनौती दिएका थिए । - sajhasabal.com बाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह