१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चित्र कलाकार राईको निधन

५ आश्विन २०७४, बिहीबार ०६:१२

असोज ५, काठमाडौँ।  चित्र कलाकार शान्तकुमार राईको पेटको अर्बुद रोगबाट नेपाल क्यान्सर अस्पताल, हरिसिद्धि, ललितपुरमा ५६ वर्षको उमेरमा निधन भएको छ । 

उहाँको बुधबार राति ९:३० बजे निधन भएको हो । उहाँ डेढ महिनादेखि सो रोगबाट पीडित हुनुहुन्थ्यो । 

उहाँको शव आजै विहान उहाँको निवास भैँसेपाटी लगी आजै पशुपतिमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतबाट थाहा भएको छ । 

उहाँले नेपाल ललितकला मञ्चका संस्थापक अध्यक्ष, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य र नेपाल कलाकार समाजका महासचिव, किराँत कलाकार समाजका अध्यक्ष भएर काम गरिसक्नुभएको छ । उहाँ हाल आधुनिक कलाकार समाजको महासचिव हुनुहुन्थ्यो । 

उहाँले विसं २०७२ को भूकम्पबाट पीडित भएका कलाकारहरुका लागि ‘ललितकला हातेमालो अभियान’ सञ्चालन गरेर सेवा पु¥याउनुभएको थियो । 

उहाँ दृश्य कला र नारीका संवेदनालाई चित्रमा उतार्न निकै सिद्धहस्त हुनुहुन्थ्यो । 

इलाममा जन्मनुभएका राईका श्रीमती र एक छोरा हुनुहुन्छ । आधुनिक कलाकारका पिता मानिने लैनसिंह वाङ्देलका शिष्य रहनुभएका राईले नेपाल, भारत, दक्षीण कोरिया, बेलायतलगायत देशमा थुप्रै पटक चित्र प्रदर्शनी पनि गर्नुभएको थियो ।  रासस, फाइल फोटो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह