१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गैरसरकारी संस्थालाई पारदर्शी बनाउन नयाँ ऐन ल्याउने

५ आश्विन २०७४, बिहीबार ०९:५७

सुशील दर्नाल। असोज ५, काठमाडौँ। सरकारले गैरसरकारी संस्थालाई व्यवस्थित र पारदर्शी बनाउन नयाँ ऐन ल्याउने गृहकार्य शुरु गरेको छ । 

गैरसरकारी संस्था (एनजिओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओे)लगायत सरोकारवाला संघ÷संस्थाको सल्लाह र सुझावको आधारमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले मस्यौदा तयारी गरी सुझावका लागि अर्थ मन्त्रालयमा पठाएको मन्त्रालयका प्रवक्ता तोयम रायले जानकारी दिनुभयो । 

“यसअघि अन्य सम्बन्धित मन्त्रालयको सुझाव आइसकेको छ,” उहाँले भन्नुभयो–“ अर्थ र कानून मन्त्रालयबाट सुझाव आएपछि सो मस्यौदालाई अन्तिम रूप दिई मन्त्रिपरिषद्बाट पारित गराएर छलफलका लागि व्यवस्थापिका–संसद्मा पठाइने छ । ” 

“विसं २०४९ को समाज कल्याण ऐन पुरानो भएको हुँदा समयसापेक्ष बनाउन त्यसलाई प्रतिस्थापन गरी नयाँ ऐन ल्याउने तयारी गरिएको हो”– प्रवक्ता रायले भन्नुभयो । 

मन्त्रालयकाअनुसार नयाँ ऐनमा गैरसरकारी संस्था ( एनजिओ र आइएनजिओ)ले आफ्नो आर्थिक स्रोत पारदर्शी राख्नुपर्ने, समुदायको प्रत्यक्ष हित हुने गरी काम गर्नुपर्ने, गलत गर्ने संस्थालाई जरिवाना र संस्था खारेज गर्ने विषयमा केन्द्रित छ । 

अहिले परिषद्मा करिब ४६ हजार २०० गैरसरकारी संस्था आबद्ध छन् । तीमध्ये १० हजार मात्र सक्रिय छन् । ४६ हजारमध्ये सक्रिय भए वा नभएका समेत गरी करिब १० हजारले मात्र परिषद्मा वार्षिक प्रतिवेदन बुझाउने गरेको समाज कल्याण परिषद्का सदस्य सचिव डिल्ली भट्टले जानकारी दिनुभयो । 

करिब २५० को संख्यामा परिषद्मा आबद्ध रहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले भने समयमै प्रतिवेदन बुझाउँदै आएका छन् । परिषद्मा आबद्ध भई काम गरिरहेका गैरसरकारी संघसंस्थाले प्रत्येक आर्थिक वर्षमा वार्षिक प्रतिवेदन, आम्दानी, खर्च र लेखापरीक्षण प्रतिवेदन परिषद्मा बुझाउनुपर्ने प्रावधान रही आए पनि सो प्रावधानलाई अधिकांश संघ संस्थाले उलंघन गर्दै आएका छन् । अहिलेसम्म कति संस्थासंस्था दर्ता भए भन्नेबारे जिल्ला प्रशासन कार्यालयसँग यकिन तथ्यांक छैन । 

‘शान्ति र सम्वृद्धि सबैको चाहना, सामाजिक सेवामा निःस्वार्थ भावना’ भन्ने मूल नाराका साथ परिषद्ले यस वर्षको अठतीसौँ सामाजिक सेवा दिवस मंगलबारदेखि नै विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ । शुक्रबार राष्ट्रपतिको उपस्थितिमा विभिन्न कार्यक्रम गरी सो दिवस मनाइँदै छ । 

समाजको सर्वाङ्गीण विकासको लागि सामाजिक, आर्थिक तथा सांस्कृतिकरुपमा पछि परेका वर्ग, समुदाय, जाति, लिङ तथा भूगोलका जनसमुदायलाई सेवा पु¥याउने, आर्थिक एवं सामाजिक रूपमा सक्षम बनाउने र समाज सेवासँग सम्बन्धित विभिन्न क्रियाकलापलाई राज्यले निर्दिष्ट गरेको विकास निर्माण कार्यसँग आवद्ध गराउने उद्देश्यले समाज कल्याण परिषद्को २०३४ सालमा स्थापना भएको हो । 

सामाजिक कल्याण र सेवाको उद्देश्य राखेर स्थापना भए पनि समाज कल्याण परिषद्ले हाल भने सामाजिक क्षेत्रमा कार्यरत सम्पूर्ण राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको समन्वय, सम्झौता, तिनका कार्यक्रमको सुपरीवेक्षण, अनुगमन, मूल्यांकन र कार्यक्रमको सहजीकरणको जिम्मेवारीसमेत बहन गर्दै आएको छ ।   रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह