2026-10-14 09:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसमा ३४ नेपाली विद्यार्थी पक्राउ, देश निकाला गर्न अदालतको आदेश

काठमाडौँ | रुसी अदालतले श्रम इजाजतबिना काम गरेको आरोपमा ३४ जना नेपाली विद्यार्थीलाई देश निकाला (डिपोर्ट) गर्ने आदेश दिएको छ। ती विद्यार्थीहरूलाई मस्कोबाट ६० किलोमिटर टाढा रहेको शाखा रवाहस्थित डिपोर्टेशन सेन्टरमा राखिएको छ।

विद्यार्थी भिसामा रुस पुगेका उनीहरूले विश्वविद्यालयको सहमति र श्रम इजाजतबिना काम गरेको भन्दै रुसका अध्यागमन अधिकारीहरूले कार्तिक १४ गते मस्कोको कुजमिन्कीस्थित वान एक्स बेट नामक जुवा खेलाउने कम्पनीबाट पक्राउ गरेका थिए। तीमध्ये १२ जना महिला विद्यार्थी रहेका छन्।

गैरआवासीय नेपाली संघ, रुसका अध्यक्ष केशव तिमल्सिनाका अनुसार, ती विद्यार्थीहरूले विश्वविद्यालयबाट पढिरहेको प्रमाणपत्र र कामको लागि आवश्यक करारपत्र प्रस्तुत गर्न नसकेकाले अदालतले डिपोर्ट गर्ने फैसला गरेको हो। तिमल्सिनाले भने, ‘विद्यार्थी भिसाले बस्ने अनुमति भए पनि काम गर्न छुट छैन। काम गर्न श्रम इजाजत र कम्पनीसँगको करारपत्र अनिवार्य छ। यी कागजात भए, डिपोर्ट रोक्न कानुनी प्रक्रिया थाल्न सकिन्थ्यो।’

ती विद्यार्थीहरू तीन महिनादेखि डेढ वर्षअघि रुस पुगेका थिए। तर, श्रम नियम उल्लंघन गरेको ठहर गर्दै उनीहरूलाई डिपोर्ट गर्ने तयारी भइरहेको छ। यस फैसलासँगै उनीहरूले पाँच वर्षसम्म रुसमा प्रवेश गर्न पाउने छैनन्।

रुसमा एजेन्टको मिलोमतो र विद्यार्थीको बिचल्ली
गैरकानुनी काम गर्ने उद्देश्यले विद्यार्थी भिसाको आवरणमा काम गर्न पठाउने एजेन्टहरूको गतिविधिले नेपाली युवाहरूलाई जोखिममा पारेको अध्यक्ष तिमल्सिनाको भनाइ छ। ‘रुसमा श्रम नियम कडा छ। जस कम्पनीले वर्क परमिट जारी गर्छ, सोही कम्पनीमा मात्रै काम गर्न पाइन्छ। अन्यत्र काम गर्दा अध्यागमनले तुरुन्त कारबाही गर्छ,’ उनले भने।

दुई वर्षअघि पनि १५ जना नेपाली विद्यार्थीलाई श्रम नियम उल्लंघनको आरोपमा जेलमा राखेर डिपोर्ट गरिएको थियो। तिमल्सिनाले रुसलाई ट्रान्जिट बनाउँदै नेपाली युवाहरूलाई अवैध रूपमा पठाउने कार्य तत्काल रोक्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने