2026-09-21 08:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सञ्चालनमा आएको तीन महिना पनि नपुग्दै धरहरा अनिश्चितकालका लागि बन्द

काठमाडौँ | सञ्चालनमा आएको तीन महिना पनि नपुग्दै काठमाडौंको धरहरा अनिश्चितकालका लागि बन्द भएको छ। सहरी विकास भवन निर्माण विभागका उपमहानिर्देशक प्रकीर्ण तुलाधरका अनुसार धरहरा लिफ्ट बिग्रिएको कारणले बन्द गरिएको हो।

‘लिफ्ट बिग्रिएकोले केहि दिनअघिदेखि धरहरा बन्द गरिएको छ। मर्मत भएपछि पुन: सञ्चालनमा ल्याइनेछ,’ तुलाधरले बताएका छन्।

२०७२ सालको विनाशकारी भूकम्पले धरहरा ढलेपछि २०७५ मा पुनर्निर्माण थालिएको थियो। निर्माण पूरा नभएसमेत, संविधान दिवसको अवसरमा गत असोज ३ गते धरहरा परीक्षणका लागि खोलिएको थियो।

तत्काल परीक्षणका लागि धरहरा निःशुल्क चढ्न दिने व्यवस्था गरिएको थियो। दैनिक ६०० जनाले अनलाइनमार्फत टिकट बुक गरी धरहरा चढ्न पाउने व्यवस्था गरिएको थियो। पछि, चढ्न पाउनेको संख्या बढाएर एक हजार ५० पुर्‍याइएको थियो।

धरहरा खुला भएदेखि हालसम्म २५,७४२ जनाले अवलोकन गरेको तथ्याङ्क सार्वजनिक भएको छ। तर, बुधवार र सार्वजनिक बिदाको दिन बाहेक अन्य दिनमा मात्र धरहरा खुला गरिएको थियो।

२०७२ को भूकम्पले ध्वस्त बनेको धरहरा पुनर्निर्माण गर्न ६ वर्ष लाग्यो। तर, निर्माण अझै पनि पूर्ण रूपमा सम्पन्न नभएको अवस्थामा धरहरा मर्मतको समस्याले फेरि बन्द भएको हो।

धरहरा पुन: सञ्चालनमा ल्याउने मिति तय नभए पनि मर्मतकार्य छिट्टै सम्पन्न गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो