२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा दसैँका लागि च्याङ्ग्रा ल्याइयो

८ आश्विन २०८२, बुधबार १७:५९

काठमाडौँ | दसैँका लागि मुस्ताङ हुँदै भक्तपुरमा च्याङ्ग्रा ल्याइएको छ । सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी चौरमा ती च्याङ्ग्रा राखिएको हो । गत वर्षको तुलनामा यस वर्ष च्याङ्ग्रा मूल्य पनि बढेको छ ।

भक्तपुरका साथै काठमाडौंँ, ललितपुर, काभ्रलगायत क्षेत्रका बासिन्दा च्याङ्ग्रा लिन भक्तपुर आउन थालेका छन् । व्यापारीले प्रतिकिलो जिउँदो च्याङ्ग्रा रु एक हजार ३०० सम्ममा बिक्री गरिरहेका छन् । गतवर्ष जिउँदो च्याङ्ग्रा प्रतिकिलो रु एक हजार ५० मा बिक्री भएको थियो ।

रामेछापका च्याङ्ग्रा व्यापारी हिमलाल श्रेष्ठले गतवर्ष भन्दा यसवर्ष मुस्ताङको घारमा महँगोमा किन्नु परेकाले यहाँ पनि मूल्य बढेको बताउनुभयो । सल्लाघारी चौरमा च्याङ्ग्रा बिक्री गर्दै उहाँले भन्नुभयो, “चीनबाट मुस्ताङसम्म ल्याइएका च्याङ्ग्रा नेपाली व्यापारीले मुस्ताङबाट खरिद गर्दा प्रतिगोटा रु ४० देखि ४५ हजारसम्म तिुर्न परेकाले यसवर्ष महँगो भएको हो ।”

च्याङ्ग्रा ल्याउँदा मासु जोखेर नभई सानो र ठूलो मिलाएर गोटा गन्तीबाट खरिद गर्नुपर्ने बताउँदै श्रेष्ठले सानो र ठूलोको एउटै मूल्य तिरेर ल्याउनु पर्ने र यहाँ किलोमा बिक्री गगर्नु परेकाले उपभोक्तालाई महँगो पर्ने गरेको उल्लेख गर्नुभयो ।

व्यापारी रमेश खड्काले पनि च्याङ्ग्रा प्रतिकिलो रु एक हजार ३५० सम्ममा बिक्री गरिरहेको जनाउँदै मुस्ताङमा बढी मूल्य दिरेर खरिद गरिएकाले यसवर्ष महँगोमा बिक्री गर्नुपरेको बताउनुभयो ।

च्याङ्ग्रा ल्याउँदा यसवर्ष विभिन्न ठाउँमा करिब रु ३० हजार कर तिरेको जनाउँदै खड्काले सल्लाघारीमा ठाउँ लिएबापत भक्तपुर नगरपालिकालाई प्रतिव्यापारीले रु २५ हजार कर तिर्नुपरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव