असोज ६, काठमाडौँ। निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गर्न अनुमति चाहने संघसंस्था र व्यक्तिलाई १५ दिनभित्र आवेदन दिन आज सूचना जारी गरेको छ ।
दुवै निर्वाचन दुई चरणमा एकैसाथ मंसिर १० र २१ गते गर्ने सरकारले यस अघि नै घोषणा गरिसकेको छ ।
अनुशासन, लोकतन्त्र, निर्वाचन र शान्ति प्रवद्र्धनका क्षेत्रमा काम गर्ने उद्देश्य बोकेका संघसंस्थाले निर्वाचन पर्यवेक्षणको अनुमति दिनसक्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले यसअघि उक्त निर्वाचनको अवलोकन गर्न चाहने अन्तर्राष्ट्रिय संघसंस्थासँग आवेदन माग गरेको थियो । रासस