सागरलाई ४० लाख नेपाल"/>
असोज ७, कतार | नेपाल टेलिभिजन इतिहाँसमा सर्वाधिक चर्चा कमाएको नेपाल आइडलको टप-4 बाट बाहिरिएका सागर आलेले ४० लाख प्राप्त गरेका छन् |
सागरलाई ४० लाख नेपाल आइडल आयोजकले नभई उनका फ्यानहरुले प्रदान गरेका हुन् | यस बिषयमा नेपाल आइडलको आज ओमसलाल अल सानिम ईण्ड्रस्ट्रिय एरिया ग्राण्डमलको एम्पीथिएटर हलमा भएको ग्र्याण्ड फिनाले कार्यक्रममा आफ्नो प्रस्तुति पश्चात सागर आलेले जानकारी गराएका हुन् | कार्यक्रममा 'ओई झुमा..ओइ झुमा' बोल गीतमा प्रस्तुति दिए लगत्तै आफुलाई मायाँ गरि आफ्नो बैंक खातामा ४० लाख जम्मा गराउने आफ्ना फ्यानहरुलाई उनले धन्यवाद समेत दिएका छन् | सागरले नेपाल आइडलको कतारमा भएको बिशेष कार्यक्रममा आफुलाई पठाइएको रकम गायन क्षेत्रमै खर्च गर्ने समेत उद्घोष गरेका छन् |
यसैबीच कतारमा आयोजित नेपाल आइडलको कार्यक्रमले आज पहिलो नेपाल आइडलमा बुद्ध लामालाई घोषित गरेको छ | पोखराका बुद्ध लामा पहिलो नेपाल आइडल घोषित भएका हुन् । विजेता लामाले सर्वाधिक साढे ४ करोड भोट पाएका थिए । आज दोहाको बिशेष कार्यक्रमा नेपाल आइडलका निशान भट्टराई फस्ट रनरअप र प्रताप दास सेकेन्ड रनरअप भएका हुन् । आइडलका विजेताले बुद्ध लामाले २० लाख रुपैयाँ सहित महिन्द्रा केयूभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गरेका छन् । उनलाई लोकप्रिय हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) ले पुरस्कार प्रदान गरे। त्यस्तै सेकेन्ड रनरअप बनेका निसान भट्टराईले १५ लाख रुपैयाँ पाएका छन् । त्यस्तै आइडलको सेकेन्ड रनर अप बनेका प्रताप दासले १० लाख रुपैयाँ पुरस्कार पाएका छन् ।
कतारमा आयोजना भएको ग्राण्ड फिनालेमा हजारौं नेपाली दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बुद्ध, निशान, प्रतापसहित १२ प्रतिस्पर्धीहरुले आफ्नो प्रस्तुति दिएका थिए ।