Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

आठौँ लिगलिगे दौड प्रतियोगिताको तयारी पूरा, दौड जित्नेलाई श्रीपेच

२०७४, ७ आश्विन शनिबार १६:१५

मनोज पराजुली/असोज ७, गोरखा । लिगलिगकोट विकास अभियानले आठौँ लिगलिगे दौड प्रतियोगिताको आवश्यक सम्पूर्ण सम्र्पूण तयारी पूरा भएको जनाएको छ । 

लिगलिग कोट बिकास अभियानले आयोजना गदै आएको लिगलिगे दौड प्रतियोगिता असोज ९ गते हुँदैछ । लिगलिगकोटको ऐतिहासिक धार्मिक पुरातत्व तथा संस्कृतिको संरक्षण गर्नेको लागि २०६७ सालदेखि लिगलिगे दौडको आयोजना गरिदै आएको हो । दौडमा सहभागी हुनका लागि एक सय भन्दा बढी धावकहरुले नाम दर्ता गराएका लिगलिगकोट विकास अभियानका अध्यक्ष पुर्णबहादुर रानाले बताए । दौड प्रतियोगितामा धावक बैकुण्ठ मानन्धर देखि स्थानीयहरुको समेत सहभागिता रहनेछ ।

लिगलिगे दौड चेपे र मस्र्याङ्दीको दोभानबाट सुरु भई ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, साउनेपानी, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गडी सम्मको १३.८ किलोमिटर दुरी पार गर्नुपर्नेछ ।

दौडमा प्रथम हुने खेलाडीलाई नदग ५० हजार श्रीपेच, पगरी, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । द्धितीय हुनेले ३० हजार ३ सय ५ ट्रफी,मेडल प्रमाणपत्र र तृतीयलाई नगद २० हजार २ सय ५ सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै चौँथो हुनेले नगद १० हजार १ सय ५,पाचौँलाई ५ हजार ५,छैँटौँलाई ४ हजार ४,सातौँलाई ३ हजार ३ र आठौँलाई २ हजार २ नगद प्रदान गरिने गरिनेछ । 

महिलाहरुको खुल्ला र लिगलिग बासीका लागि पाँच किलोमिटर दौड प्रतियोगितामा प्रथम,द्धितिय र तृतीय हुनेलाई क्रमश १५ हजार ५,१० हजार ५ र ५ हजार ५ नगद सहित ट्रफी,मेडल प्राप्त गर्नेछन् । लिगलिग दौड प्रतियोगिताका लागि १४ लाख ४४ हजार ८ सय रुपैया खर्च हुने अभियानका अध्यक्ष रानाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै