२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियामा झण्डै दुई सय मुद्धा दर्ता अझै बढ्न सक्ने

२०७३, २२ बैशाख बुधबार ०९:०४

प्रभात सुवेदी । बैशाख २२, बर्दिया । बर्दियामा द्वन्द्वपीडितहरुबाट न्यायको खोजी तथा बेपत्ताहरुको यथार्थ जनाकारी पाउने आषामा धमाधम मुद्धाहरु दर्ता हुने क्रम जारी रहेको छ । मुद्धाको संख्या अझै बढ्न सक्ने बताइएको छ ।

स्थानीय शान्ति समितिका अनुसार द्वन्द्वबाट अति प्रभावित जिल्ला बर्दियामा २ सय ७१ जना बेपत्ता रहेका छन् ।
स्थानीय शान्ति समिति बर्दियाका सचिव उमेश कुमार गुप्ताका अनुसार अहिलेसम्म बेपत्ता र सत्य निरुपणका एक सय उनान्नबे वटा निबेदन दर्ता भएका छन् । सत्य निरुपणका १०७ र बेपत्ताका ८२ गरि जम्मा १ सय ८९ वटा निवेदन दर्ता भएका हुन् ।

सरकारले सत्य निरुपणका लागि बैशाख २ गते र बेपत्ताको लागि बैशाख ५ गतेबाट देशभरि एकसाथ निबेन लिन सुरु गरेपछि बर्दियामा पनि पीडितहरुले धमाधाम निबेदन दर्ता गराइरहेका छन् ।

आयोग बनेपछि न्याय पाइन्छ भन्नेमा आशा जागेको तर विश्वास भने नभएको पीडितहरुको गुनासो रहेको छ । उनीहरुले आयोगमार्फत पीडितहरुलाई पीडा कोट्याउने ठाउँ मात्र नभएर पूर्ण रुपमा न्याय दिलाउन सक्ने थलोको रुपमा परिणत गर्न सरकारलाई आग्रह समेत गरेका छन् ।

‘कि लाश साहियो कि सास चाहियो’ भन्दै लामो समयदेखि आन्दोलन गर्दै आएका बेपत्ता परिवारहरुले आयोगले यस अघि लिएका उजूरीबाट प्रभावकारी सुनुवाइ नभएको गुनासो गर्दै यसपटक पनि झिनो आषा मात्रै रहेको बताएका छन् ।

आयोगमा निबेदन बुझाउने अन्तिम मिति बेपत्ताको जेठ मशान्त र सत्य निरुपणको असार २ गते रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान