४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियामा झण्डै दुई सय मुद्धा दर्ता अझै बढ्न सक्ने

२२ बैशाख २०७३, बुधबार ०९:०४

प्रभात सुवेदी । बैशाख २२, बर्दिया । बर्दियामा द्वन्द्वपीडितहरुबाट न्यायको खोजी तथा बेपत्ताहरुको यथार्थ जनाकारी पाउने आषामा धमाधम मुद्धाहरु दर्ता हुने क्रम जारी रहेको छ । मुद्धाको संख्या अझै बढ्न सक्ने बताइएको छ ।

स्थानीय शान्ति समितिका अनुसार द्वन्द्वबाट अति प्रभावित जिल्ला बर्दियामा २ सय ७१ जना बेपत्ता रहेका छन् ।
स्थानीय शान्ति समिति बर्दियाका सचिव उमेश कुमार गुप्ताका अनुसार अहिलेसम्म बेपत्ता र सत्य निरुपणका एक सय उनान्नबे वटा निबेदन दर्ता भएका छन् । सत्य निरुपणका १०७ र बेपत्ताका ८२ गरि जम्मा १ सय ८९ वटा निवेदन दर्ता भएका हुन् ।

सरकारले सत्य निरुपणका लागि बैशाख २ गते र बेपत्ताको लागि बैशाख ५ गतेबाट देशभरि एकसाथ निबेन लिन सुरु गरेपछि बर्दियामा पनि पीडितहरुले धमाधाम निबेदन दर्ता गराइरहेका छन् ।

आयोग बनेपछि न्याय पाइन्छ भन्नेमा आशा जागेको तर विश्वास भने नभएको पीडितहरुको गुनासो रहेको छ । उनीहरुले आयोगमार्फत पीडितहरुलाई पीडा कोट्याउने ठाउँ मात्र नभएर पूर्ण रुपमा न्याय दिलाउन सक्ने थलोको रुपमा परिणत गर्न सरकारलाई आग्रह समेत गरेका छन् ।

‘कि लाश साहियो कि सास चाहियो’ भन्दै लामो समयदेखि आन्दोलन गर्दै आएका बेपत्ता परिवारहरुले आयोगले यस अघि लिएका उजूरीबाट प्रभावकारी सुनुवाइ नभएको गुनासो गर्दै यसपटक पनि झिनो आषा मात्रै रहेको बताएका छन् ।

आयोगमा निबेदन बुझाउने अन्तिम मिति बेपत्ताको जेठ मशान्त र सत्य निरुपणको असार २ गते रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता