१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानव अधिकारको अवस्था राम्रो छैन : सभापति श्रेष्ठ

९ आश्विन २०७४, सोमबार ०८:१४

असोज ९, काठमाडौँ। व्यवस्थापिका–संसद्को आजको बैठकमा विधायन समितिका सभापति गंगा चौधरीले विभिन्न पाँचवटा प्रतिवेदन सदनसमक्ष प्रस्तुत गर्नुभयो । 

ती प्रतिवेदनमा ‘देवानी संहितासम्बन्धी समितिको पूरक प्रतिवेदन, २०७४’, ‘देवानी कार्यविधि संहिता विधेयक समितिको पूरक प्रतिवेदन, २०७४’, ‘प्रधान न्यायाधीश तथा सर्वाेच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवा अन्य शर्तसम्बन्धी समितिको प्रतिवेदन, २०७४’, र ‘उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशहरुको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी समितिको प्रतिवेदन, २०७४’ थिए । 

ती प्रतिवेदन प्रस्तुतका क्रममा उहाँले संविधान कार्यान्वन गर्न र ऐन नियमलाई समसामयिक बनाउन यसबाट सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो । 

यसैगरी बैठकमा सामाजिक न्याय तथा मानव अधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन, २०७२÷०७३ को समीक्षा प्रतिवेदन पेश गर्नुभयो । 

उहाँले प्रजातन्त्रलाई बलियो र सुदृढ बनाउन सो प्रतिवेदनलाई सरकारले कार्यान्वयन गर्न आवश्यक रहेकामा जोड दिनुभयो । सभापति श्रेष्ठले लामो समयपछि आयोगको प्रतिवेदन सदनसमक्ष आएको चर्चा गर्दै दण्डहीनताको अवस्था अन्त्य र विधिको शासन स्थापित गर्न आवश्यक छ भन्नुभयो । 

उहाँले भन्नुभयो, “न्यायका लागि अनशन बस्नुपर्ने अवस्था छ, अनशन बस्दाबस्दै मृत्यु भएका नन्दप्रसाद अधिकारीको शव दहन अहिलेसम्म किन भएन ? मानव अधिकारको अवस्था राम्रो छैन, कसले सुधार गर्ने ?” 

यसैगरी बैठकमा स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७४ सदनसमक्ष प्रस्तुत गर्नुभयो । उहाँले स्वास्थ्य सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउन विधेयक आएको वताउनुभयो । 

रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह