१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बोलेरो जिप दुर्घटनामा १२ जना घाइते

१० आश्विन २०७४, मंगलवार ०३:३२

असोज १०, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, महभिरमा सोमबार साँझ बोलेरो जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । 

बेनीदेखि घराम्दी जाँदै गरेको ध १ ज ६६८ नंको जिप दुर्घटना हुँदा घाइते भएका छजनालाई बेनी अस्पतालबाट थप उपचारका लागि राति नै पोखरा लगिएको छ । एकजनाको बेनी अस्पतालमा उपचार भइरहेको र पाँचजना उपचारपछि घर गएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । 

प्रहरीका अनुसार अन्नपूर्ण गाउँपालिका–७ की ३० वर्षीया लक्ष्मी गर्बुजा, २५ वर्षीया ममता पुर्जा, करिना फगामी, चालक धु्रव थजाली र सवारी धनी तुलबहादुर फगामीको रिजनल हस्पिटल र लालदेवी गर्बुजाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । 

बाह्र वर्षीया वर्षा फगामीको बेनी अस्पतालमा उपचार भइरहेको छ भने पाँचजना उपचारपछि राति नै घर फर्किएको प्रहरीले जनाएको छ । 

सडकबाट करिब ४० मिटर तल जिप खसेर दुर्घटना हुँदा घाइते भएकाहरुलाई स्थानीयवासी, प्रहरी र यातायात व्यवसायीले उद्धार गरेर राति नै बेनी ल्याएका थिए । साँघुरो, घुमाउरो र उकालो जीर्ण सडकमा क्षमताभन्दा बढी यात्रु बोकेकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा