१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकाबाट दैनिक बाहिरिने यात्रुहरुको संख्यामा वृद्धि

१० आश्विन २०७४, मंगलवार १६:४२

मनोज पराजुली | असोज १०, काठमाडौँ | नेपालीको महान चाड बडादशैँ घरघरमा भित्रिएसँगै उपत्यकाबाट दैनिक बाहिरिने यात्रुहरुको संख्यामा वृद्धि भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा घटस्थापना सुरु भएसँगै यात्रुको बाहिरिने संख्या वृद्धि भएको हो ।

उपत्यकाको नागढुंगा, जगाती, फर्पिङ र नागार्जुन नाकाहरुबाट यात्रुहरु बाहिरिने गरेका छन् । दशैँका लागि अग्रिम टिकट बुकिङ भएको दिन भदौ २७ देखि दशैँको छैटौँ दिन मंगलबारसम्म तेह्र लाख ५६ हजार ४ सय ५९ जना काठमाडौँबाट बाहिरिएका छन् । दशैँ अगाडि सामान्य रहेपनि घटस्थापनाको दिनदेखि काठमाडौँबाट बाहिरिने यात्रुहरुको चाप उच्च भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकारले बताए । यात्रुहरुको चाप बढेसँगै उपत्यका बाहिरिने नाका र बसपार्कमा चेकजाँचमा समेत कडाई गरिएको उनले बताए ।

 टिकट बुकिङ शुरु भएका दिन दैनिक ११ हजार २ सय ६ बसबाट ६ हजार ३ सय १६ यात्रु बाठमाडौँबाट बाहिरिएका थिए । यात्रु बाहिरिने क्रम वृद्धि भएसँगै यातायत व्यवसायीहरुले पनि बसहरुको संख्या थप्दै गएका छन् ।  घटस्थापनाका दिन १३ हजार ३ सय ४९ सवारी साधनबाट ९७ हजार ३ सय ४०, दोस्रो दिन १३ हजार ३ सय २१ सवारी साधनबाट एक लाख सात हजार ७ र तेस्रो दिन १४ हजार ४ सय १९ सवारी साधनबाट एक लाख ११ हजार ७ सय ३४ यात्रु बाहिरिएका छन् । चौँथो दिन १४ हजार ६ सय ४६ सवारी साधनबाट एक लाख २४ हजार ७ सय २९ यात्रु बाहिरिएका छन् । दशैँको पाँचौँ दिन १४ हजार ६ सय ४६ सवारी साधनबमट एक लाख २४ हजार ७ सय २९ यात्रु बाहिरिएका छन् । दशैँको छैँटौ दिन मंगलबार १५ हजार ८ सय ९८ सवारी साधनबाट सबैभन्दा धेरै १ लाख ३० हजार २ सय ६९ जना यात्रुले काठमाडौँ छोडेका छन् । दशैं मनाउन घर जानेहरु बढेपछि काठमाडौंको ट्राफिक पनि कम भएको महाशाखा भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा