प्रेम  सुनार | असोज-१३, गुल्मी । गुल्मीको एक कार्यक्रममामा आएका  नेपाली सिने क्षेत्रका  महानायक राजेश हमाले आफु जन्मीनु भन्दा तिन वर्ष अघि देखि नै चलचित्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम  सुनार | असोज-१३, गुल्मी । गुल्मीको एक कार्यक्रममामा आएका  नेपाली सिने क्षेत्रका  महानायक राजेश हमाले आफु जन्मीनु भन्दा तिन वर्ष अघि देखि नै चलचित्"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जन्मीनुभन्दा तिन वर्ष अघि फिल्ममा खेलेको राजेश हमालले दावि (फोटो फिचर)

१३ आश्विन २०७४, शुक्रबार ००:०६

प्रेम  सुनार | असोज-१३, गुल्मी । गुल्मीको एक कार्यक्रममामा आएका  नेपाली सिने क्षेत्रका  महानायक राजेश हमाले आफु जन्मीनु भन्दा तिन वर्ष अघि देखि नै चलचित्रमा अभिनय गरेको दावि गरेका छन् । 

उनले गुल्मीको धुर्कोट बडा दशै महोत्सवलाई सम्वोधन गर्दै  गम्भीर मुद्रमा भने– ‘खास त मेरा  उमेर २५ वर्ष पनि नाघेको छैन तर  म फिल्ममा खेल्न थालेको  २८ वर्ष पुग्यो । ’ ठट्यौली पारामा  धुर्कोट गाउँपालिकामा आयोजितत धुर्कोट बढा  दशै मेला २०७४ को भव्य समारोहलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।

यसपालीको बढा दशै धुर्कोप्रस्तुत नभई गम्भीर मुद्रामा आफ्नो उमेर २५ वर्षको  तर फिलम खेल्न थालेको २८ वर्ष बताउनुले उनले अहिलेको नयाँ पिढीलाई ब्याङ्ग गरेको हुन सक्ने दर्शकहरुको ठम्याई थियो । 

गुल्मीको धुर्कोट गाउँपालिकोट गाउँपालिका वडा नम्वर ४  जैसीथोकको कालापोखरा  खेल मैदानमा भएको मेलामा धुर्कोटवासी संग रमाईलो गरी दशैं मनाउन पाएकोमा आफुले   ठुलो अवसरका रुपमा लिएको बताए ।

धुर्कोटमा  पहिलो भए पनि गुल्मीमा चौथो पटक  आई पुगेका हमाल प्रतिको  हुटिङ्ग  युवा वर्गमा देख्दा उनको क्रेज झन बढ्दो छ भन्ने बुझ्न सकिन्थ्यो । सदरमुकाम नजिकै भँगेरीमा सुख्खा पहिरोले हिजो देखि सडक अवरुद्ध भएका कारण  गाडी त्यही रोकेर आधा घण्टाको उकालो हिडेर करिव ४ वजे  कार्यक्रममा पुगेका हमालले साँझपख धमका नै मच्चाए ।


दर्शक दिर्घबाट  उनि आफैले बोलाएकी एउटी  १५ वर्षे किशोरीको बारुली कम्वर संग निकै झुमेका नायक हमाल संग नाच्न पाकी महिलाहरु समेत स्टेच मै पुगेका थिए । गुल्मी आउँदै छन् भन्ने खवर पाए पछि सदरमुकाम तम्घास देखि धुर्कोट सम्म बाटोमा उनलाई हेर्नेहरुको ठाउँ ठाउँमा भिड थियो ।

कार्यक्रममा त गायक शौगात सागर । गायिका सपना गाह , बैकुण्ठ महत , लगायतका कलाकारहरुको वेजोड प्रस्तुती रहेको थियो । कार्यक्रममा सहयोगदाता र विभिन्न क्षेत्रमा योगदान पुराउने महानुभावलाई प्रमुख अतिीथी धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल र विशिष्ट अतिथी महानायक राजेश हमालले सम्मान गरेका थिए ।


कार्यक्रममा धुर्कोट गाउँपालिका उपप्रमुख शिवबहादुर खत्री , सवै वडा प्रमुख र विभिन्न क्षेत्रका समाज सेवीहरुको सहभागीता रहेको थियो । ‘धुर्कोटको शौन्दर्य हाम्रो शान, पर्यटन विकास हाम्रो अभियान’ भन्ने मुल नाराका साथ देविस्थान युवा क्लव जैसीथोक र ह्याप्पी ईन्टरटेन्टमेण्ट काठमाण्डौले मेला आयोजना गरेको थियो भने कार्यक्रमको सञ्चारकर्मी मदन खनालले गरेका थिए । कार्यक्रम निर्देशक मदन खनालको अध्यक्षता रहेको कार्यक्रममा गायक तथा चर्चित उद्घोषक लक्ष्मण खड्काको सञ्चालन रहेको थियो । मेला तिन देखि सञ्चालन भई आज समापन भएको छ ।

मेलामा राजिस्थानबाट ल्याईएको उड प्रदर्शन, एशियाकै होची महिला मञ्जु घिमिरे , विभिन्न प्रकारका पिङ , प्यापारिक स्टल राखिएको थियो । मेलाले ऐतिहाँसिक धुर्कोटलाई चिनाउने आयोजकले अपेक्षा राखेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु