२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बझाङको तल्कोट गाउँपालिका अध्यक्षले कुट्दा बिष्ट गम्भीर घाइते

१७ आश्विन २०७४, मंगलवार ११:२६

सम्राट सिंह/असोज १७, बझाङ । जिल्लाको तल्कोट गाउँपालिका अध्यक्ष लाल बहादुर बिष्टले कुट्दा एक जना गम्भीर घाइते भएका छन । 

तल्कोट गाउँपालिकाका अध्यक्ष लाल बहादुर बिष्टले कुट्दा तल्कोट गाउँपालिका वडा नम्वर ७ का मनबिर बिष्ट गम्भिर घाइते भएका हुन । नेकपा एमालेबाट तल्कोट गाउँपालिकाका बासिन्दाहरुले मतदान गरी विजयी भएका लाल बहादुर बिष्टले दादागिरी शैलीमा घरमा नै गएर मनबिर बिष्टलाई कुटपिट गरी गम्भीर घाइते बनाएको पिडित परिवारले बताएका छन । विजयी हाँसिल गरेपछि राजनितिक पूर्वाग्राही भएर अध्यक्ष बिष्टले गाउँ भरी भोट अर्कालाई हालेको भन्दै त्रसित पार्ने गरेको गाउँलेहरुको भनाइ छ । 

गाउँपालिका अध्यक्ष रहेका बिष्टले भोट अर्को दललाई हालेको भन्दै मनबिर बिष्टलाइ कुटपिट गरी गम्भीर घाइते बनाएको नेपाली काँग्रेसका पुर्व सभापती पृथ्वी बहादुर सिंहले बताए । उनले भने घाइते बिष्टको नाक र मुखबाट रगत बगिरहेको हुँदा जिल्ला अस्पताल बझाङले जिल्ला बाहिर रिफर गरिएको छ । पिडित मनबिर बिष्टका आफन्तले गाउँपालिकाका अध्यक्ष लाल बहादुर बिष्ट लगायत १५ जना बिरुद्व जिल्ला प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योग सम्बन्धि मुद्वा जाहेर गराएका छन । 

यता तल्कोट गाउँपालिकाका अध्यक्ष लाल बहादुर बिष्टले भने अघिल्लो दिन मनबिर बिष्ट नेतृत्वको टोलीले मलाई नै कुटपिट गरी घाइते बनाएको र पछिल्लो दिन मेरा केटाहरु गएर मनबिर बिष्टसँग झगडा हुँदा बिष्ट घाइते भएका हुन ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा