२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बझाङको तल्कोट गाउँपालिका अध्यक्षले कुट्दा बिष्ट गम्भीर घाइते

२०७४, १७ आश्विन मंगलवार ११:२६

सम्राट सिंह/असोज १७, बझाङ । जिल्लाको तल्कोट गाउँपालिका अध्यक्ष लाल बहादुर बिष्टले कुट्दा एक जना गम्भीर घाइते भएका छन । 

तल्कोट गाउँपालिकाका अध्यक्ष लाल बहादुर बिष्टले कुट्दा तल्कोट गाउँपालिका वडा नम्वर ७ का मनबिर बिष्ट गम्भिर घाइते भएका हुन । नेकपा एमालेबाट तल्कोट गाउँपालिकाका बासिन्दाहरुले मतदान गरी विजयी भएका लाल बहादुर बिष्टले दादागिरी शैलीमा घरमा नै गएर मनबिर बिष्टलाई कुटपिट गरी गम्भीर घाइते बनाएको पिडित परिवारले बताएका छन । विजयी हाँसिल गरेपछि राजनितिक पूर्वाग्राही भएर अध्यक्ष बिष्टले गाउँ भरी भोट अर्कालाई हालेको भन्दै त्रसित पार्ने गरेको गाउँलेहरुको भनाइ छ । 

गाउँपालिका अध्यक्ष रहेका बिष्टले भोट अर्को दललाई हालेको भन्दै मनबिर बिष्टलाइ कुटपिट गरी गम्भीर घाइते बनाएको नेपाली काँग्रेसका पुर्व सभापती पृथ्वी बहादुर सिंहले बताए । उनले भने घाइते बिष्टको नाक र मुखबाट रगत बगिरहेको हुँदा जिल्ला अस्पताल बझाङले जिल्ला बाहिर रिफर गरिएको छ । पिडित मनबिर बिष्टका आफन्तले गाउँपालिकाका अध्यक्ष लाल बहादुर बिष्ट लगायत १५ जना बिरुद्व जिल्ला प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योग सम्बन्धि मुद्वा जाहेर गराएका छन । 

यता तल्कोट गाउँपालिकाका अध्यक्ष लाल बहादुर बिष्टले भने अघिल्लो दिन मनबिर बिष्ट नेतृत्वको टोलीले मलाई नै कुटपिट गरी घाइते बनाएको र पछिल्लो दिन मेरा केटाहरु गएर मनबिर बिष्टसँग झगडा हुँदा बिष्ट घाइते भएका हुन ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल