२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बस दुर्घटनामा तीनको मृत्यु, २० जना घाइते

१७ आश्विन २०७४, मंगलवार १४:३६

असोज १७, मुस्ताङ । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथबाट जोमसोम आउँदै गरेको तीर्थयात्री सवार बस मंगलबार साँझ कागबेनीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । 

दुर्घटनामा २० जना घाइते भएका छन् । मुक्तिनाथ दर्शन गरी फर्कंदै गरेको ग१ख ५५२९ नंको बस बे्रक फेल भई दुर्घटना हुँदा विराटनगर–८ का गणेश सुवेदी, सवारीचालक बागलुङका खेमबहादुर बुढामगर र कीर्तिपुर–१२ का शर्मिला दुलालको घटनास्थलमै मृत्यु भएको मुस्ताङका प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले जानकारी दिनुभयो । 

उहाँका अनुसार, दुर्घटनामा घाइते २० मध्ये ६ जनाको अवस्था गम्भीर देखिएको छ । “घाइते सबैको जिल्ला अस्पताल मुस्ताङमा उपचार भइरहेको छ । गम्भीर भएकालाई भौगोलिक अवस्थाका कारण तत्काल अन्यत्र पठाउनसक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “बुधबार बिहान मात्रै रिफरको काम हुन्छ ।” दशैँ बिदा मनाउन मुक्तिनाथ दर्शन र कागबेनीमा स्नानका लागि आएका तीर्थयात्री घाइते भएको प्रहरीले जनाएको छ । 

प्रहरी निरीक्षक अर्जुनबहादुर ढकालका अनुसार बस बे्रक फेल हुँदा दुर्घटना भएको हो । सोही स्थानमा दुई महिनाअघि दुर्घटना हुँदा चारजनाको ज्यान गएको थियो । “यसभन्दा अघि दुर्घटना भएको ठाउँमै दुर्घटना भएको छ । घाइते विभिन्न जिल्लाका छन्”, उहाँले भन्नुभयो । घाइतेका आफन्तजनले तत्काल सुविधासम्पन्न अस्पतालमा रिफर गर्न आग्रह गरे पनि जीर्ण बेनी–जोमसोम सडक र रातको समयमा हवाई उडान सम्भव नभएका कारण जिल्ला अस्पतालमै राखेर उपचार गर्नु परेको प्रहरीले जनाएको छ । 

मुस्ताङमा दशैँ बिदा मनाउन मुक्तिनाथ दर्शन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकको चाप बढी रहेको बताइएको छ । “सवारीचालकको पनि ज्यान गएका कारण दुर्घटनाको थप अनुसन्धान हुन बाँकी छ । तर पनि भोलिदेखि सवारी चेकजाँचमा थप कडाइ हुनेछ”, प्रनाउ पाण्डेले भन्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान