२५ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

साँगा–धुलिखेल सडक विस्तार सुस्त गतिमा

६ मंसिर २०८२, शुक्रबार १५:२४

काठमाडौँ | अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्डमा स्तरोन्नति कार्यअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडक विस्तार सुस्त गतिमा अघि बढेको छ । काम सक्ने सम्झौताअनुसार बाँकी तीन हप्ताको म्याद रहँदा ४० प्रतिशत विस्तार कार्य अधुरो अवस्थामा रहेको छ ।

तीन वर्षमा विस्तार कार्य सक्नेगरी भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेल सडकखण्डमा स्तरोन्नति कार्यअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल आठ किलोमिटर सडकको विस्तार कार्य २०७९ मङ्सिर २७ गते सम्झौता भएअनुसार अब २१ दिनको समयसीमा रहेको हो । उक्त सडकखण्ड विस्तार कार्यका लागि लामा कन्स्ट्रक्सन कम्पनी प्रालिले तीन वर्षभित्र सक्न रु चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का लिएको थियो ।

करिब तीन वर्षको अवधिमा ६० प्रतिशत मात्रै काम भएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले जानकारी दिनुभयो । यही मङ्सिर २६ गते पहिलो खण्डको विस्तार कार्यको ठेक्का म्याद सकिनेछ । उक्त सडकखण्ड विस्तारको ठेक्का म्याद सकिनै लाग्दा भने केही स्थानमा तीव्र गतिमा काम भइरहेको छ । केही स्थानमा अवरोधका कारण काम रोकिएको महिनौँ भइसकेको छ । हालसम्म धुलिखेल क्षेत्रमा करिब एक किलोमिटर सडक कालोपत्र भएको छ भने हाल बनेपाको पुलबजार–जनागाल क्षेत्रमा कालेपत्र गर्ने काम भइरहेको छ ।

जनागाल, बाँसघारी–बुडोल, साँगा–भैँसेपाटी, बनेपा बजारलगायतका क्षेत्रमा हाल कामलाई तीव्रता दिइएको आयोजनाका इन्जिनियर खनालले जानकारी दिनुभयो । उहाँका अनुसार पुलबजार–जनागाल क्षेत्रको बनेपातर्फ दायाँतर्फ लम्बाई ८०० मिटर र चौडाइ १० मिटर कालोपत्र सम्पन्न भइसकेको छ । बनेपाबाट साँगातर्फ बायाँ लेनको कालोपत्रको तयारी भइरहेको छ ।

यस्तै हाल बाँसघारी–बुडोल क्षेत्रमा मेन लेनमा कटिङ र सर्भिस लेनमा ग्राभेल राख्ने काम भइरहेको छ । बनेपाको चाँदनी चोकमा कल्र्भट राख्ने तयारी भइरहेको छ भने बनेपाको चण्डेश्वरी खोला क्षेत्रमा अहिले पर्खाल लगाउने, फिलिङ गर्ने काम भइरहेको छ । साँगा–भैँसेपाटी क्षेत्रको ढुङ्गेधारामा अहिले कटिङको काम भइरहेको छ ।

पछिल्लो समय राजमार्गको पहिलो खण्डको विभिन्न स्थानमा विस्तार कार्यलाई तीव्रता दिइए पनि बनेपा–पुलबजार क्षेत्रमा भने करिब दश महिनादेखि करिब २०० मिटर सडकखण्डको काममा भने स्थानीयद्वारा सेन्टर लाइनको विषयलाई लिएर अवरोध पु¥याइएको छ । अवरोधबारे नापी विभाग, स्थानीय जनप्रतिनिधि र स्थानीयबीच समन्वय गरी अवरोध हटाउन धेरै पटक छलफल भए पनि कुनै समाधनको विकल्प ननिस्किएपछि विवादित क्षेत्र छाडेर अन्यत्रको कामलाई तीव्रता दिएको आयोजनाका इन्जिनियर खनालले बताउनुभयो ।

आयोजनाले सूर्यविनायकदेखि धुलिखेलसम्मको दुई खण्डमा करिब ५० प्रतिशत काम भएको जनाएको छ । साँगा–धुलिखेल पहिलो खण्डमा ६० प्रतिशत र सूर्यविनायक–साँगा खण्डमा भने ४२ प्रतिशत काम सकिएको आयोजना प्रमुख विजयकुमार महतोले जानकारी दिनुभयो । उहाँका अनुसार सूर्यविनायक–साँगा खण्डमा केही स्थानका छ घर भत्काउन बाँकी रहेकाले भत्काउने प्रक्रियामा छ ।

सूर्यविनायक–धुलिखेल सडक विस्तार कार्यअन्तर्गत दोस्रो खण्ड सूर्यविनायक–साँगा ७ दशमलव ५ किलोमिटर विस्तारका लागि रु तीन अर्ब ८८ करोड ९३ लाखमा ठेक्का लगाइएको थियो । उक्त खण्डको ठेक्का अवधि पनि आउँदो पुस १८ गते म्याद सकिँदैछ छ ।

“दुवै खण्डमा विस्तार कार्य सक्न म्याद थपेर आउँदो असार मसान्तसम्ममा काम सम्पन्न गर्नेबारे निर्माण व्यवसायीसँग छलफल भइरहेको छ”, प्रमुख महतोले भन्नुभयो । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि ६ लेनमा विस्तार थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला