२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगजनी र तोडफोडको अभियोगमा २६७ जना पक्राउ

१० मंसिर २०८२, मंगलवार ११:२४

काठमाडौँ | गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको अभियोगमा २६७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार हालसम्म तोडफोड र आगजनी गरेको अभियोगमा एक सय ५४ वटा मुद्दा परेका छन् । प्रहरीले हाजिर जमानीमा ८७ जनालाई छाडिएको जनाएको छ ।

एक सय १३ जनामाथि अनुसन्धान भइरहेको जनाउँदै ३३ जनालाई धरौटीमा छाडिएको छ भने पुर्पक्षका लागि ४३ जनालाई थुनामा पठाइएको छ । आगजनी, तोडफोड, आपराधिक उपद्रवसँगसम्बन्धी एक सय चार वटा जाहेरी दर्ता भएका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । त्यसमा व्यक्तिगत २२, सरकारी कार्यालय आगजनी र तोडफोड गरेको ६६, संस्थागत एवं व्यापारिक प्रतिष्ठानमा सर्वोच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आगजनी र तोडफोड गरेका सम्बन्धमा १६ वटा जाहेरी दर्ता भएका छन् ।

प्राप्त जाहेरी दर्खास्त सङ्ख्या ४२ रहेका छन् । त्यसमा तीन जना प्रहरी कर्मचारी रहेका छन् । पहिचान नखुलेको सात जनाको डिएनए परीक्षण प्रक्रिया अघि बढेको छ । हराएका भनिएकाको हुलिया प्राप्त भएको छ । आन्दोलनका क्रममा भवन संरचनाको क्षति सम्बन्धमा २२८ वटा मुचुल्का सम्पन्न भएको प्रहरीले जनाएको छ ।

आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका एक सय दुई कैदीबन्दीलाई पक्राउ गरी दाखिला गरिएको छ । हालसम्म ८३ नाल हतियार बरामद तथा दाखिला गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला