२१ माघ २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा खडेरीले २१ करोड बराबरको अन्नवाली नष्ट, खाद्यान्न संकमा हुने खतरा

१२ आश्विन २०७२, मंगलवार ०७:३०
दान बहादुर बुढा/असोज १२, मुगु । यो वर्ष  लामो खडेरी सुरु भए पछि जिल्लाभरी नै २१ करोड बढिको अन्नबाली नष्ट भएको छ । धान, कोदो, सिमी, मकै लगायतका बाली पसाउने बेला खडेरी सुरु भए पछि जिल्ला भरि नै कृषकले खेतवारीमा लगाएको बाली घान, मकै, कादो, फापर, आलु, लगायत अन्य तरकारी नष्ट भएको छ ।
भेग क्षेत्र र सेवा केन्द्र स्तरमा खटिएका प्राविधिकले ल्याएको प्रतिवेदन तथा जिल्ला दर  रेट अनुसार मुल्याकंन गर्दा खडेरीले जिल्ला भरी २१ करोड ७९ लाख ७४ हजार १ सय ७६ रुपैयाँको अन्न बाली क्षति बनाएको जिल्ला कृषि विकास कार्यालयले प्रारम्भिक तथ्याकं सार्वजनिक गरेको छ ।
गमभेगमा रहेको सेतीवाडा सेवा केन्द्र अन्तरगत पर्ने पाँच वटा गाविसको कुल ३ हजार ६ सय ५९ दशमलव २९ हेक्टर क्षेत्रफलमा लगाईएको अन्नवाली खडेरीले डढाए पछि करिब ६ करोड ६१ लख २५ हजार १ सय रुपैयाँ बराबरको अन्न बाली क्षेती भएको कार्यालयले जनाएको छ । त्यस्तै कार्यालयको सोरुकोट सेवा केन्द्र अन्र्तगत पर्ने सातवटा गाविसको  कुल ३ हजार १ सय ६३ दशमलव ८६ हेक्टर क्षेत्रफलमा लगाईएको अन्नवाली सात करोड १८ लाख ५० हजार क्षति अनुमान गरिएको छ ।
त्यस्तै पश्चिम खत्याड भेग स्थित श्रीकोट सेवा केन्द्र अन्र्तगतका सात वटा गाविसमा ३ हजार ३ सय ३ दशमलव ९१ हेक्टर क्षेत्रफलको अन्नवालीको प्रारम्भिक क्षेती ५ करोड ४५ लाख २५ हजार ५ सय रहेको र पुर्वी करान भेगको पुलु सेवा केन्द्रमा पर्ने पाँच गाविसमा २ हजार १४ दशमलव १४ हेक्टर क्षेत्रफलमा २ करोड ५४ लाख ३५ हजार ९ सय रुपैयाँ बरावरको अन्नवाली क्षेती भएको जिल्ला कृषि विकास कार्यालयका बागवानी शाखाका प्राविधिक सहायक तेज विक्रम मल्लले जानकारी दिए ।
साउन र भदौमा पानी पर्ने समय भए पनि यो वर्ष अन्नवाली पसाउने बेला सुरु भएको खडेरी हाँलसम्म पनि जारी रहनु यो पहिलो घटना रहेको श्रीनगर गाविसका स्थानीयवासी नन्द बहादुर  मल्लले बताए । अहिलेसम्म आफुले यस्तो कहिले पनि नदेखेको र जलवायु परिवर्तनका कारण यस्तो प्रभाव देखा परेको हुन सक्ने उनले बताए ।
खडेरीले सवै भन्दा बढि जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु भेगका गाविसमा प्रभाव पारेको छ भने सबै भन्दा कम सिचाई योग्य जमिन रहेको पश्चिम खत्याड भेग र सिचाई योग्य र उत्पादन योग्य जमिन नरहेको पुर्वी करान भेगमा कम असर देखिएको जिल्ला कृषि विकास कार्यालयको भनाई छ । अघिल्लो वर्षको कार्तिकमा पनि परेको असिना पानीले कृषकको पाकेको धान लागायत अन्य अन्नवाली समेत नष्ट गर्दा १३ करोड बराबरको क्षति भएको थियो ।
यो वर्ष अघिल्लो वर्ष भन्दा बढि क्षति भएको र आउने दिनमा जिल्लामा खाद्य संकट उत्पन्न हुने देखिएको कार्यालयले पुर्वानुमान गरेको छ । दशै नजिकिदै आए पनि खेतवारीमा रोपेको अन्नबाली खडेरीले सखाप बने पछि दशै मनाउन त के परिवार पाल्न नै समस्या पर्ने चिन्ता रहेको भिई गाविसका स्थानीयवासी सिह घामीले बताए । अन्य बाली सुके पनि सिमी उत्पादनको भण्डार मानिने सोरु भेगमा सिमी र मास समेत फुल्न नै नपाई सुके पछि अधिकाँश स्थानीयवासी कृषकले रोजी रोटीको विकल्प खोज्न थालेको जैसीले बताए ।
मुगु जिल्लमा रहेका २४ बटा गा.बि.स मध्य धेरौ खडेरी भएका गाबिसहरु भिई, जिमा, फोतु, नार्थपू, कालौ, रुगा, माग्री, रारा, सेरी, श्रीनगर, कार्कीबाडा, पिना, किम्री, पुलु, श्रीकोट, लगायतका गाबिस उच्च कडेरीमा परेका छन । यो बर्ष ३,४ महिना सम्म खेति गरेको अन्नले खाना नपुग्ने भएको चिन्ता गछन मुगुका कृषकहरुको ठूलो चिन्ता को दुख ब्याक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक सामान्य अंक बढ्यो, कारोबार रकम ११ अर्ब ८७ करोड पार्टीभित्र एकता भए बहुमत प्राप्त गर्न सकिन्छ : देउवा नेकपा एसले बोलायो केन्द्रीय कमिटी बैठक उत्तरी सिरियामा कार बम विष्फोट हुँदा १५ जनाको मृत्यु अमेरिकाविरुद्ध क्यानडा र मेक्सिको एकजुट, करको बदला करबाटै दिने माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु चितवनमा आज रवि लामिछानेसहित १४ जनाविरुद्ध मुद्दा दर्ता हुँदै जब अपरच्युनिटी खोज्ने भन्दा पनि व्यावसायिकता र उद्यमशीलतातर्फ लागौँ: प्रधानमन्त्री ओली शक्ति नहुनेले सरकार ढल्छ भन्दै हिँडने हो : अर्थमन्त्री पौडेल आजदेखि आठ दिनसम्म काठमाडौंको यी स्थानमा विद्युत अवरुद्ध हुने अध्यक्ष प्रचण्डले गरे पार्टी प्रवेश गर्ने कार्यकर्ताहरुलाई स्वागत अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस् : प्रधानमन्त्री ओली वैदेशिक अध्ययनमा विद्यार्थीसँगै बाहिरियो ५६ अर्ब ८३ करोड महोत्तरीमा विवाह भएको २ महिनामै युवतीको ह-त्या, श्रीमान फरार सरस्वतीपूजा जीवनलाई उर्जाशील बनाइराख्ने पर्व हो: राष्ट्रपति पौडेल मन्त्रिपरिषद्को बैठक आज बस्दै आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैँ आज श्रीपञ्चमी पर्व, देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै सोमबारको विदेशी मुद्राको विनिमय दर ! हेर्नुहोस यस्तो रहेको छ, आजको मौसम