२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मान्छे खाने बाघको आनीबानी पत्ता लगाउन सिसी क्यामेरा जडान

२०७४, १९ आश्विन बिहीबार ०९:५४

असोज १९, चितवन । पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा मान्छे खाने बाघको आनीबानी पत्ता लगाउन दुई वटा उच्चप्रविधिको सिसी क्यामेरा जडान गरिएको छ । 


बाघको आक्रमणबाट यही असोज १६ गते यहाँ निउरो टिप्न गएकी कुमरोजकी एलिना चौधरीको मृत्यु भएको थियो ।  मान्छेलाई आक्रमण गर्ने बाघ घाइते, रोगी हो या बच्चासँगै छ भन्नेबारेमा जानकारी लिन यहाँ क्यामेरा ट्र्यापिङ विधिको प्रयोग गरेर सिसी क्यामेरा जडान गरिएको चितवन निकुञ्जका पूर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिनुभयो । 

अवस्था पत्ता लगाएपछि नियन्त्रणमा लिनुपर्ने देखिएमा बाघलाई डाट गरेर नियन्त्रणमा लिइने पाठकको भनाइ छ ।  स्थानीय समुदायको सहभागितामा चितवन निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्राविधिकको टोलीले कुमरोज वनमा दुई वटा सिसी क्यामेरा जडान गरेको समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान कुमरोजका अध्यक्ष ईश्वरी पाठकले जानकारी दिनुभयो । 

पछिल्लो समयमा गरिएको अध्ययनले पश्चिम चितवनमा एउटै बाघले २० जनालाई आक्रमण गरेको पाइएको छ । सो बाघलाई पनि सिसी क्यामेरा राखेर आनीबानी पत्ता लगाउने प्रयास गरिएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा रहेका १२० बाघमध्ये पाँच प्रतिशत बाघ मात्रै समस्याग्रस्त रहेको अध्ययनमा पाइएको छ । 

चितवन राष्ट्रिय निकुञ्जको तथ्यांकमा गएको आवमा वन्यजन्तुको आक्रमणबाट १३ जनाले ज्यान गुमाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा