१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दशैँमा घर गएर उपत्यका भित्रिने यात्रुको संख्यामा वृद्धि

२० आश्विन २०७४, शुक्रबार ०८:१०

असोज २०, काठमाडौँ । यस वर्षको बडादशैँमा घर गएर फर्कने यात्रुको संख्यामा वृद्धि भएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार असोज १४ गते विजयादशमीदेखि असोज १९ गते कोजाग्रत पूर्णीमासम्म चार लाख १२ हजार ६८८ यात्रु काठमाडौँ भित्रिसकेका छन् । 

विजयादशमीमा ३९ हजार ७९८, एकादशी ४९ हजार १०, द्वादशी ६७ हजार ७२५, त्रयोदशी ७६ हजार ७६५, चर्तुदशी ९० हजार १०० र कोजाग्रत पूर्णीमाका दिन ८९ हजार २९० यात्रु भित्रिएका छन् । 

महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता उमेश रञ्जितकारले गत वर्षको तुलनामा यसवर्ष कोजाग्रत पूर्णीमाको दिनसम्म कम यात्रु उपत्यका भित्रिएको बताउनुभयो । 

“दशमीदेखि पूर्णीमासम्म कम दिन कार्यालय सञ्चालन, दशँै र तिहारको बीचमा स्कुल तथा कलेज बिदा भएका कारण उपत्यका भित्रिने यात्रुको संख्यामा कमी आएको हो,”–प्रवक्ता रञ्जितकारले भन्नुभयो । 

दशैँ मनाउनका लागि काठमाडौँबाट निजी तथा सार्वजनिक यातायातमा २० लाखको हाराहारीमा यात्रु बाहिरिएका थिए । यस्तै यो वर्ष काठमाडौँ उपत्यकामा दशैँको बेलामा सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्यामा समेत कमी आएको छ । गतवर्ष १० जनाले ज्यान गुमाएकामा यो वर्ष चार जनाले ज्यान गुमाएको महाशाखाले जनाएको छ । 

ज्यान गुमाउनेमा मञ्जित राउत, प्रमिला बलामी, खिलराज घिमिरे र प्रजन सैजु रहेका छन् । महाशाखाले सो अवधिमा मादकपदार्थ सेवन गरी सवारी चलाउने एक हजार ९७, बढी भाडा लिई सवारी चलाउने ५३, बढी भाडामा टिकट बेच्ने (बिचौलिया) ३४, बढी भाडा लिने ट्याक्सी ५०, रुट इजाजतबिना सवारी चलाउने २१ सवारी चालकलाई कारबाही गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन