२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा ५ युवाद्वारा महिलामाथि सामुहिक बलात्कार

२० आश्विन २०७४, शुक्रबार ११:३२

प्रेम सुनार/असोज २०, गुल्मी ।  केहि दिन अघि मानसिक सन्तुलन ठिक नभएकी एक महिलालाई सामुहिक वलात्कार गरेको अभियोगमा गुल्मीका ५ जना  युवा प्रहरीद्धारा पक्राउ परेका छन् ।

असोज १५ गते साँझ करिव ७ वजेको समयमा मुसिकोट नगरपालिका वडा नम्वर–१ थामडाँडास्थित कोदोवारीमा अन्दाजी ३५ वर्षिया ‘गुल्मी ४७ ( एस ) ’नाम परिवर्तित महिलालाई वलात्कार गरेको अभियोगमा ५ जना युवालाई पक्राउ गरी आज शुक्रबार  जिल्ला  अदालतमा म्याद थपिएको जिल्ला  प्रहरी कार्यालय गुल्मीका प्रवत्ता डिएसपी गंगाबहादुर थापाले जानकारी दिए ।

‘हामीले कतै सुचना पाएर गएका होईनौ, गस्ती गर्ने क्रममा  त्यस स्थानमा कुनै न कुनै प्रकारको अपराध भएको पाएपछि तलासी गर्दै जाँदा ति महिला बलात्कारको शिकार भएको पाईए पछि अभियुक्त युवा पाँच जनालाई पक्राउ गरेका हौं, डिएसपी थापाले भने–‘आजै अदालतमा म्याद थप गरी अनुसन्धान अगाडी  बढाएका  छौं ।’

उनका अनुसार बलाात्कार अभियोगमा म्सिकोट नगरपालिका  वडा नम्वर–१ ढाँडा निवासी वर्ष १६ का बुद्ध नेपाली, सोही उमेरका रेशम नेपाली , सुरेश  नेपाली, वर्ष १८ का हरि खत्री र वर्ष २४ का धुर्व थापालाई प्रहरीले पक्राउ गरेको छ । अभियोगी पाँचै जना प्रहरी हिरासतमा  रहेका छन् ।  

 पहिलो स्थानमा कोदोवारी माडिएको थियो । त्यस भन्दा तल्लो थप माड्रिएको कोदोवारीमा  ति महिला बेहोस अवस्थामा थिईन् । प्रहरी श्रोतका अनुसार ति महिला मानसिक सन्तुलन गुमाएकी महिला हुन् ।

त्यस दिन मुसिकोट नगरपालिका १ को थामडाँडास्थित छत्रदेवी कोटमा सराएँ नाच चलेको थियो । साँझ अवेर सम्म सराएँ हेर्न आएका मानिसहरुको ठुलो चहल पहल थियो । घटना स्थल नजिकैका पसलहरुमा मदिरा बेचविखन व्याप्त थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु