१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘स्वदेशी उत्पादन प्रवद्र्धन गर्न सरकारी अनुदान आवश्यक’ पुर्व गभर्नर क्षत्री

२२ आश्विन २०७४, आईतवार १३:४४

कृष्ण कँडेल/असोज २२, बागलुङ । राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष तथा पुर्व गभर्नर दीपेन्द्रबहादुर क्षत्रीले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न सरकारले अनुदानको व्यवस्था गर्नुपर्ने बताएका छन् । 

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ शाखाले आईतबार बागलुङ बजारमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले उत्पादन लागत घटाएर नेपाली वस्तुलाई विदेशीसँग प्रतिष्पर्धा गर्न सक्ने अवस्था सृर्जना गर्नुपर्ने बताए । 

‘वस्तु उत्पादनमा कूलग्रहास्थ उत्पादनको २० प्रतिशतसम्म अनुदान दिन सकिन्छ,’ क्षत्रीले भने, ‘यसले उत्पादन लागत घटाउन मद्धत गर्छ, बल्ल हाम्रा उत्पादनले विदेशी वस्तुसँग प्रतिष्पर्धा गर्न सक्छन् ।’

कृषी उत्पादनमा किसानले अनुदान पाए भने आफ्नो उत्पादन बजारमा विक्री गर्न सजिलो हुने र यसले उनीहरुलाई आफ्नो उत्पादनमा निरन्तर लाग्न प्रेरित गर्ने उनको तर्क छ । 

‘बजारमा त विदेशबाट आउने सस्ता वस्तु पनि हुन्छन्, हाम्रो उत्पादन लागत बढी भयो भने यसले प्रतिष्पर्धा गर्न सक्दैन,’ उनले भने, ‘सरकारले दिने अनुदानले वस्तु उत्पादनमा किसानले गर्ने लगानी काम गर्छ, उत्पादन लागत घटेपछि किसानलाई आफ्नो उत्पादन बेच्न सजिालो हुन्छ ।’


उनले स्वाधीन अर्थतन्त्र निर्माण गर्न व्यक्तिगत तहबाटै सचेतना आवश्यक रहेकोमा जोड दिए । ‘हामीले नेपाली उत्पादन गरिद गर्न थाल्यौँ भने यसको स्वत प्रवद्र्धन हुन्छ,’ क्षत्रीले अगाडी थपे, ‘व्यक्ति–व्यक्ति नै यो कुरामा सचेत हुनु आवश्यक छ ।’

आफ्नो उत्पादन बढाउने, बजारीकारण गर्ने र यसैको उपयोग बढाउने गरि प्रचार–प्रसार अभियान नै चलाउनुपर्ने उनको भनाई छ । ‘स्वाधीन अर्थतन्त्र बारे राष्ट्रिय उद्योग व्यापार संगठनले जस्तै राष्ट्रिय अभियान नै चलाउनुपर्छ,’ क्षत्रीले भने, ‘आफ्नै देशमा बन्ने वस्तुको उपयोगले मुलुकका लागि गर्ने फाईदा आम नेपालीलाई बुझाउन आवश्यक छ ।’

आफ्नो उत्पादनलाई प्रोत्साहन गर्न राज्यले नीति नै बनाएर अघि बढ्नुपर्ने बताए । ‘हामीले नेपालभित्र उत्पादन हुनै नसक्ने वस्तु बाहेक अरुलाई नियात मै रोक लगाउन सकिन्छ,’ उनले भने, ‘यो उदारीकरणको नीति विपरित भएपनि अर्थतन्त्रलाई बलियो बनाउन यसो पनि गर्नुपर्ने हुन्छ ।’

पत्रकार भेटघाटमा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय कार्यवाहक अध्यक्ष श्यामप्रसाद श्रेष्ठ र बरिष्ठ उपाध्यक्ष डम्बरदेव अर्याल पनि सहभागी थिए । बरिष्ठ उपाध्यक्ष अर्यालले आम नेपालीमा स्वाधीन अर्थतन्त्र बारेको गहिरो बुझाई आवश्यक रहेको बताए । कार्यक्रम संगठनका जिल्ला अध्यक्ष राजबहादुर थापाको अध्यक्षता र पत्रकार कृष्ण कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन