१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाम गठबन्धन राज्यसत्ता प्राप्त गर्ने रणनीति: वैद्य

२२ आश्विन २०७४, आईतवार १४:१६

असोज २२, पोखरा । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालको वाम गठबन्धन राज्य सत्ता प्राप्त गर्ने रणनीति मात्रै भएको बताउनुभएको छ । 

नेकपा क्रान्तिकारी माओवादीको प्रथम राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष वैद्यले दक्षिणपन्थी अवसरवादीको गठवन्धनलाई वामगठबन्धन भन्न नसकिने बताउनुभयो । 

सच्चा क्रान्तिकारी कम्युनिष्टहरु एक ठाउँमा आउन नसकेकामा चिन्ता व्यक्त गर्दै उहाँले वैकल्पिक शक्ति निर्माणका लागि सबै क्रान्तिकारी कम्युनिष्टले एकताको बहस शुरु गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले निरन्तरताको क्रम भङ्गको भनाइलाई उल्टो क्रम भङ्ग भएको टिप्पणी गर्दै सम्मेलनले क्रान्तिको कार्यदिशा निर्धारण गर्ने बताउनुभयो । 

पार्टीका उपाध्यक्ष चन्द्रप्रकाश गजुरेलले क्रान्तिकारी कम्युनिष्ट पार्टीको धु्रवीकरणको आवश्यकतामाथि प्रकाश पार्नुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रामसिंह श्रीश, स्वतन्त्र वामपन्थी नेता टेकनाथ बराल, नेकपा मसालका केन्द्रीय सदस्य रामप्रकाश पुरी, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हेमन्त प्रकाश ओलीलगायतले क्रान्तिकारी कम्युनिष्ट पार्टीको एकतामा जोड दिनुभएको थियो । 

पाँच दिनसम्म चल्ने सो सम्मेलनमा सबै जिल्लाका करिब ४०० प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन