२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाम गठबन्धन राज्यसत्ता प्राप्त गर्ने रणनीति: वैद्य

२०७४, २२ आश्विन आईतवार १४:१६

असोज २२, पोखरा । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालको वाम गठबन्धन राज्य सत्ता प्राप्त गर्ने रणनीति मात्रै भएको बताउनुभएको छ । 

नेकपा क्रान्तिकारी माओवादीको प्रथम राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष वैद्यले दक्षिणपन्थी अवसरवादीको गठवन्धनलाई वामगठबन्धन भन्न नसकिने बताउनुभयो । 

सच्चा क्रान्तिकारी कम्युनिष्टहरु एक ठाउँमा आउन नसकेकामा चिन्ता व्यक्त गर्दै उहाँले वैकल्पिक शक्ति निर्माणका लागि सबै क्रान्तिकारी कम्युनिष्टले एकताको बहस शुरु गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले निरन्तरताको क्रम भङ्गको भनाइलाई उल्टो क्रम भङ्ग भएको टिप्पणी गर्दै सम्मेलनले क्रान्तिको कार्यदिशा निर्धारण गर्ने बताउनुभयो । 

पार्टीका उपाध्यक्ष चन्द्रप्रकाश गजुरेलले क्रान्तिकारी कम्युनिष्ट पार्टीको धु्रवीकरणको आवश्यकतामाथि प्रकाश पार्नुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रामसिंह श्रीश, स्वतन्त्र वामपन्थी नेता टेकनाथ बराल, नेकपा मसालका केन्द्रीय सदस्य रामप्रकाश पुरी, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हेमन्त प्रकाश ओलीलगायतले क्रान्तिकारी कम्युनिष्ट पार्टीको एकतामा जोड दिनुभएको थियो । 

पाँच दिनसम्म चल्ने सो सम्मेलनमा सबै जिल्लाका करिब ४०० प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने