२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

निमोनियाँ र पोलियो खोप पाउदैनन बालबालिका

२०७२, २२ पुष बुधबार ०८:२४

दान बहादुर बुढा/ पुस, मुगु ।  जिल्लाका ग्रामीण क्षेत्रका बालबालिकाले पाउनु पर्ने निमोनियाँ र पोलियो विरुद्धको खोप नपाएको खुलेको छ ।
विगतमा एक वर्ष मुनिका बालबालिकालाई निमोनियाँ र पोलियो मुखबाट खुवाउने गरे पनि यस वर्ष देखि खोपका रुपमा विकसित गरि जिल्ला स्वास्थ्य कार्यालय मातहतका सदरमुकाम बाहिरका स्वास्थ्य चौकिका स्वास्थ्य कर्मीले बालबालिकालाई खोप नदिएको पाईएको जिल्ला स्वास्थ्य कार्यालय मुगुका खोप सुपरभाईजर दिपबहादुर रावलले बताए ।

जिल्लाको सोरु भेगका सात गाविसमा रहेका स्वास्थ्य संस्था अनुगमनका लागि गएका रावलले यस्तो बताएका हुन । रारा गाविसको कच्चे गाउँमा रहेको ईलाका स्वास्थ्य चौकिमा पठाईएको निमोनियाँ विरुद्धको पि.सि.भी. र पोलियो विरुद्धको आई. पि.भि. नामक खोप नियमित पठाए पनि बालबालिकाले पाएका छैनन ।खदलै खोप ख नमानेको स्वास्थ्य चौकिका निमित्त ईन्चार्ज सिर्जना बुढाले बताईन । सरकारी सेवा सुविधा लिएका चौकिका स्वास्थ्य कर्मि स्वास्थ्य चौकिमा नबसेर हिरिण्डेक नामक गैर सरकारी संस्थाले राखेका बुढा र अनमी सरिता कार्कीको भरमा स्वास्थ्य चौकि चलेको खोप सुपरभाईजर रावलले जानकारी दिए ।

नयाँ पठाएको खोपको विषयमा जिल्ला भरका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई तीन पटकसम्म तालीम समेत दिए पनि महंगो मानिएको खोप बालबालिकालाई नदिएर खेर फालिएको छ । रारामा रहेको इृलाका स्वास्थ्य चौकिमा कार्यरत ईन्चार्ज मानबहादुर बुढा, अनमी हरिनी नेपाली र कार्यालय सहयोगि मेलबहादुर नेपाली कहिले काँहि मात्र कार्य क्षेत्रमा जाने र अधिकाँश समयमा काज वा विदा लिएर घरमा नै बस्ने गरेको पाईएको छ । नार्थपु गाविसमा रहेको स्वास्थ्य चौकिका ईन्चार्ज कर्णबहादुर सावत मंसिर २३ गते देखि, हेल्थ असिष्टेण्ट उर्मिला बुढा मंसिर २१ गते देखि अनुपस्थित रहेका छन ।

त्यस्तै कालै गाविसको स्वास्थ्य चौंकि लामो समय देखि बन्द छ । त्यस्तै धैनकोट गाविसमा रहेको स्वास्थ्य चौकिमा चार जनाको दरबन्दि भए पनि अहिले अहेव सन्तोष मल्ल मात्र छन । अरु तिन जना लामो समय देखि अनुपस्थित छन । अहिले सम्म स्वास्थ्य चौकिका स्वास्थ्यकर्मी गाउँमा नआउदा बालबालिकाले खोप, सर्वोतम पिठो लगायत अन्य कुनै पनि औषधी नपाएको डोल्फु गाविसका स्थानीयवासी कार्मा छेवाङ्ग लामाले बताए ।

त्यस्तै जिल्लाको पर्वी करान भेगका मुगु, डोल्फु गाविसका स्वास्थ्य चौकि स्वास्थ्य कर्मी विहिन छन भने जिल्ला भर फैलिएको रुघा खोकिको प्रकोपबाट प्रभावित विमारीले सामान्य उपचार समेत पाउन सकेका छैनन । तर स्वास्थ्य संस्था नै बन्द नभएको तर तालीम गोष्ठीमा सहभागि हुन सम्बन्धित स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी जिल्लामा आउदा केही समय त्यस्तो देखिएको हुन सक्ने जिल्ला स्वास्थ्य कार्यालयको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन