२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोटका अनन्तरामले ८० घन्टा ४ मिनेट बोलेर तोडे विश्व रेकर्ड

२०७४, २२ आश्विन आईतवार १६:३१

असोज २२, नुवाकोट । नुवाकोटका अनन्तराम केसीले लगातार ८० घन्टा ४ मिनेट बोलेर विश्व रेकर्ड कायम गरेका छन् । 

यसअघि भारत गुजरातका आश्विन सुंडाईको ७५ घन्टा ३२ मिनेटलाई तोड्दै केसीले ४ घन्टा ४ मिनेट बढी बोलेर गिनिज बुक अफ वल्र्ड रेकर्डसमा नाम दर्ता गराएको आयोजक लायन्स क्लब अफ काठमाडौं बिहानीले जानकारी दिएको छ ।

सोज १९ गते बिहान ६ बजेर ५८ मिनेट देखि २२ गते दिउँसो ३ बजेर २ मिनेटमा ८० घन्टा ४ मिनेट पार गरेको समय मूल्यार्नी संयोजक राजेन्द्रकुमार ओझाले जानकारी दिए ।

ओझाले भने, ‘उहाँ लगातार बोल्नुभएको हो । र, अब हामीले यो रेकर्ड लन्डनस्थित गिनिज बुक अफ वल्र्ड रेकर्डको मुख्य कार्यालयमा केही समय लगत्तै पठाउँछौं । त्यसपछि यसको नतिजा आउनेछ ।’ अन्तिम मूल्यार्नीकर्ताका रूपमा करातेका राष्ट्रिय निर्णायक श्याम रोका र राजनप्रसाद दाहाल थिए । ओझा एसियन कराते महासंघका अन्तर्राष्ट्रिय निर्णायक हुन् । 


लायन्स क्लब अफ काठमाडौं बिहानीको आयोजनामा भएको कार्यक्रममा केसीले लगातार प्रवचन दिएका थिए । उनले ७७ वटा विषयमा आफ्नो भाषण प्रस्तुत गरेको लायन्स क्लब अफ काठमाडौं बिहानीका प्रवक्ता प्रदीप भुसालले जानकारी दिए ।

काठमाडौंको टेक्सास कलेजको कम्युनिटी हलमा आइतबार पत्रकार सम्मेलन गरेर विश्व रेकर्डबारे जानकारी गराएको आयोजक संस्थाका अध्यक्ष नारायण रिजालले बताए ।  विश्व रेकर्ड कायम गरेपछि सचिवालय प्रमुख तेजु नेपालले भने, ‘समग्र लायन्स र विश्वमा बसेका नेपालीका लागि ऐतिहासिक गर्वको विषय हो । र, अब हामी उहाँलाई चिनाउन टिम परिचालन गरेर लागिपर्छौ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने