१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाम गठबन्धन भत्काउन उपराष्ट्रपति र सभामुख लाग्ने कुराको हल्लाले माओबादी भित्र अन्योल

२३ आश्विन २०७४, सोमबार ०९:१६

काठमाडौं उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्ती र माओवादी केन्द्रका नेता वर्षमान पुनले वाम गठबन्धनप्रति दुःख व्यक्त गरेका खबर बाहिर आएको छ ।

उपराष्ट्रपति पुनले एमालेसँगको वाम गठबन्धनको विरोध गरेका तथा माओवादी केन्द्रलाई एमालेमा विलय गराउने प्रचण्डको निर्णयको घोर विरोध गरेको कुरा बाहिरिएपछि माओबादि भित्र एक प्रकार को तनाब सुरु भएको छ ।

‘उपराष्ट्रपतिज्यूले एमालेसँगको वाम गठबन्धन र त्यसपछि पार्टी एकीकरण गर्ने सहमतिले माओवादी केन्द्र विघठनको बाटोमा गएको छ’, उपराष्ट्रपति पुनको भनाइ उदृत गर्दै स्रोतले भनेको दावी विभिन्न मेडियाहरुले गरेका छन् , ‘प्रचण्डजीले आफ्नो र छोराछोरीको भविष्यभन्दा अरु नेता तथा कार्यकर्ताको भविष्य कहिल्यै पनि चाहनु भएन ।’

उपराष्ट्रपति पुनको भनाइप्रति सभामुख ओनसरी घर्ती र वर्षमान पुनले समर्थन जनाएको तथा एमाले जनजाति विरोध पार्टी भएको भन्दै केपी ओलीको पछाडि लागेर प्रचण्डले गम्भीर भुल गरेको बताएको दावी उक्त मेडियाहरुको छ । वर्षमान सुरुदेखि नै एमालेसँगको गठबन्धन र पार्टी एकताको विरोध गर्दै आएका भने पक्कै पनि हो ।

सभामुख घर्तीले पनि एमालेसँगको गठबन्धन र एकीकरणको सहमतिको विरोध गर्दै आएकी छिन् । ‘एमालेसँग कुनै पनि हालतमा माओवादी केन्द्रलाई एकीकरण गर्न दिनु हुँदैन’, सभामुख घर्तीको भनाइ उदृत गर्दै लेखिएको छ, ‘माओवादी पार्टीलाई जसरी पनि जोगाइ राख्नु पर्छ । एमालेमा बिलय हुन दिनु हुँदैन ।’

एमालेभन्दा बाहिरको गठबन्धनमा बसेका कारण माओवादी केन्द्रलाई स्थानीय तहको निर्वाचनमा ठूलो फाइदा भएको बताएका उपराष्ट्रपति पुन, सभामुख घर्ती र वर्षमानले संसद र प्रदेश सभाको निर्वाचनमा पार्टीलाई ठूलो नोक्सानी हुने खतरा पनि औल्याएको कुरा उल्लेख छ ।

उनीहरूले प्रचण्डसँग भेटेर वाम गठबन्धन भत्काउनका लागि दवाव दिने तयारी समेत गरेका कुरा बाहिरिएको छ । आवश्यक परे प्रचण्डलाई कुनै पनि प्रकारको असहयोग गर्ने रणनीति बनाएको पनि विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन