२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

रुघा-खोकीको कारण मुगुमा पछिल्लो दुइ साताभित्र एक दर्जन बढीको मृत्यु

२०७२, ४ माघ सोमबार ०५:४१

दान बहादुर बुढा । माघ ४, मुगु । सुख्खा मौसमका कारण जिल्ला भरी फैलिएको मौसमी रुघा खोकिले बृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन भने गएको पन्ध्र दिन यता जिल्लाभर एक दर्जन बढीको ज्यान गएको छ ।

रुघाखोकिका कारण जिल्लाभर दर्जन बढिको मृत्यु भईसकेको छ । धैनकोट गाविसमा मात्र पन्ध्र दिन यता ३८ वर्ष देखि ६५ वर्षसम्मका ६ जनाको मृत्यु भई सकेको धैनकोट गाविसका स्थानीयवासी धर्मराज जैसीले जानकारी दिए । मृत्यु हुनेमा धैनकोट गाविस वडा नम्बर ४ का ५५ वर्षीय सर्जन बुढा, सोही वडाका ५२ वर्षकाा नन्दप्रसाद जैसी, वडा नम्बर ३ का ६२ वर्षका धर्मदत्त जैसी , वडा नम्बर ९ का ६५ वर्षका सर्पलाल मल्ल र वडा नम्बर १ का ३८ वर्षका कन्नसिंह नेपाली रहेको जैसीले बताए यस्तै सदरमुकाम गमगढी वरिपरि रहेका कार्कीवाडा,श्रीनगर,माग्री र रोवा गाविसमा क्रमश वडा नम्बर ६ सुपाकोटका ५५ बर्षिय लोकबहादुर बुढा,ढुम गाँउका ७५ बर्षिय मक्क भाम,वडा नम्बर ५ ढुम गाँउका ४९ बर्षका चाउरा कामी, श्रीनगर ४ घाटका ४६ बर्षीय खाम्मा मल्ल,रोवा ३ गाडापानीका ४५ बर्षिय खड्क बहादुर बढुवाल,वडा नं ६ र्याङ्गच्याकाटी गाँउका ५५ बर्षिय सुनरुपा कुमाई,वडा नं ५ रोवा गाँउका ६२ बर्षिय गोईली बुढा, वडा नं ६ सालिम गाँउका ४७ बर्षिय रुपसिंह सावत र मार्गी्र गाविस छाईल गाँउका ६० बर्षिय मनसोभा ऐडी र सोही गाविस चिमात गाँउका ६२ बर्षिय औशी बुढाको पनि मृत्यु भएको रोवा लुम्सका स्थानिय तथा शिक्षक तिर्थ बहादुर रोकायाले जानकारी गराए ।

विशेष गरि रुघा खोकिले बुढा पाकालाई प्रभावित पारेकाले मृत्यु हुनेहरुमा अधिकांश दम रोगीका तथा स्वास प्रस्वासका विमारी रहेको तथा घरेलु उपचार तर्फ बढि लागेका कारण ज्यान जाने गरेको जैसि र रोकायाले बताए । यता सदरमुकाम गमगढी आसपासका क्षेत्रमा पनि मौसमि रुघा खोकिको प्रकोप बढिरहेको छ ।

पानी पनि नपरेको र सुख्खा बातावरण तथा चिसोका कारण मौसमी रुघा खोकिको प्रकोप देखिए पनि महामारीको रुपमा भने नदेखिएको जिल्ला स्वास्थ्य कार्यालयले दावी गरेको छ । जिल्ला भरबाट रुघा खोकीका कारण ज्यान गएको भन्ने संस्थागत जानकारी नआएको र प्रकोप फैलन सक्ने भन्दै जिल्ला स्वास्थ्य कार्यालयबाट आवश्यक औषधी स्वास्थ्य चौकिमा पठाईसकेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख थलराज डिसीले जानकारी दिए । प्रकोप फैलिएको तथा प्रकोपका कारण ज्यान गएको भन्ने स्थानमा रहेका स्वास्थ्य चौकिका स्वास्थ्य कर्मिसंग नियमित सम्पर्क भईरहेको र रुघा खोकिले ज्यान गएको भन्ने खवर नआएको उनले दावी गरे । चिसो र सुख्खा मौसमका कारण फैलन सक्ने महामारीलाई रोक्ने जिल्ला स्तरमा र्यापिट रेस्पोन्स टिम तयारी अवस्थामा राखिएको डिसीले बताए ।

हिजो आज जिल्ला अस्पतालमा दैनिक ४५ जना विरामी उपचारका लागि आउने गरेका र ति मध्य २५ जना रुघा खोकि र दमका विरामी आउने गरेको जिल्ला अस्पतालले जनाएको छ । दैनिक आउने विरामी मध्य अधिकाँश बालबालिका र वृद्ध वृद्धा रहेका छन । दमका विरामीलाई अस्पतालमा भर्ना गरेर अक्सिजन दिई दुई तीन दिन पछि घर पठाउने गरिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डिसीले बताए । हिउ र पानी नपर्दा सुख्खा मौषमका कारण बुढा पाका र दम रोगीहरुलाई स्वास फेर्न गा्रहो हुदा मुत्यु हुने गरेको स्वास्थ्यकर्मीहरु बताउ छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ