१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

रुघा-खोकीको कारण मुगुमा पछिल्लो दुइ साताभित्र एक दर्जन बढीको मृत्यु

४ माघ २०७२, सोमबार ०५:४१

दान बहादुर बुढा । माघ ४, मुगु । सुख्खा मौसमका कारण जिल्ला भरी फैलिएको मौसमी रुघा खोकिले बृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन भने गएको पन्ध्र दिन यता जिल्लाभर एक दर्जन बढीको ज्यान गएको छ ।

रुघाखोकिका कारण जिल्लाभर दर्जन बढिको मृत्यु भईसकेको छ । धैनकोट गाविसमा मात्र पन्ध्र दिन यता ३८ वर्ष देखि ६५ वर्षसम्मका ६ जनाको मृत्यु भई सकेको धैनकोट गाविसका स्थानीयवासी धर्मराज जैसीले जानकारी दिए । मृत्यु हुनेमा धैनकोट गाविस वडा नम्बर ४ का ५५ वर्षीय सर्जन बुढा, सोही वडाका ५२ वर्षकाा नन्दप्रसाद जैसी, वडा नम्बर ३ का ६२ वर्षका धर्मदत्त जैसी , वडा नम्बर ९ का ६५ वर्षका सर्पलाल मल्ल र वडा नम्बर १ का ३८ वर्षका कन्नसिंह नेपाली रहेको जैसीले बताए यस्तै सदरमुकाम गमगढी वरिपरि रहेका कार्कीवाडा,श्रीनगर,माग्री र रोवा गाविसमा क्रमश वडा नम्बर ६ सुपाकोटका ५५ बर्षिय लोकबहादुर बुढा,ढुम गाँउका ७५ बर्षिय मक्क भाम,वडा नम्बर ५ ढुम गाँउका ४९ बर्षका चाउरा कामी, श्रीनगर ४ घाटका ४६ बर्षीय खाम्मा मल्ल,रोवा ३ गाडापानीका ४५ बर्षिय खड्क बहादुर बढुवाल,वडा नं ६ र्याङ्गच्याकाटी गाँउका ५५ बर्षिय सुनरुपा कुमाई,वडा नं ५ रोवा गाँउका ६२ बर्षिय गोईली बुढा, वडा नं ६ सालिम गाँउका ४७ बर्षिय रुपसिंह सावत र मार्गी्र गाविस छाईल गाँउका ६० बर्षिय मनसोभा ऐडी र सोही गाविस चिमात गाँउका ६२ बर्षिय औशी बुढाको पनि मृत्यु भएको रोवा लुम्सका स्थानिय तथा शिक्षक तिर्थ बहादुर रोकायाले जानकारी गराए ।

विशेष गरि रुघा खोकिले बुढा पाकालाई प्रभावित पारेकाले मृत्यु हुनेहरुमा अधिकांश दम रोगीका तथा स्वास प्रस्वासका विमारी रहेको तथा घरेलु उपचार तर्फ बढि लागेका कारण ज्यान जाने गरेको जैसि र रोकायाले बताए । यता सदरमुकाम गमगढी आसपासका क्षेत्रमा पनि मौसमि रुघा खोकिको प्रकोप बढिरहेको छ ।

पानी पनि नपरेको र सुख्खा बातावरण तथा चिसोका कारण मौसमी रुघा खोकिको प्रकोप देखिए पनि महामारीको रुपमा भने नदेखिएको जिल्ला स्वास्थ्य कार्यालयले दावी गरेको छ । जिल्ला भरबाट रुघा खोकीका कारण ज्यान गएको भन्ने संस्थागत जानकारी नआएको र प्रकोप फैलन सक्ने भन्दै जिल्ला स्वास्थ्य कार्यालयबाट आवश्यक औषधी स्वास्थ्य चौकिमा पठाईसकेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख थलराज डिसीले जानकारी दिए । प्रकोप फैलिएको तथा प्रकोपका कारण ज्यान गएको भन्ने स्थानमा रहेका स्वास्थ्य चौकिका स्वास्थ्य कर्मिसंग नियमित सम्पर्क भईरहेको र रुघा खोकिले ज्यान गएको भन्ने खवर नआएको उनले दावी गरे । चिसो र सुख्खा मौसमका कारण फैलन सक्ने महामारीलाई रोक्ने जिल्ला स्तरमा र्यापिट रेस्पोन्स टिम तयारी अवस्थामा राखिएको डिसीले बताए ।

हिजो आज जिल्ला अस्पतालमा दैनिक ४५ जना विरामी उपचारका लागि आउने गरेका र ति मध्य २५ जना रुघा खोकि र दमका विरामी आउने गरेको जिल्ला अस्पतालले जनाएको छ । दैनिक आउने विरामी मध्य अधिकाँश बालबालिका र वृद्ध वृद्धा रहेका छन । दमका विरामीलाई अस्पतालमा भर्ना गरेर अक्सिजन दिई दुई तीन दिन पछि घर पठाउने गरिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डिसीले बताए । हिउ र पानी नपर्दा सुख्खा मौषमका कारण बुढा पाका र दम रोगीहरुलाई स्वास फेर्न गा्रहो हुदा मुत्यु हुने गरेको स्वास्थ्यकर्मीहरु बताउ छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव