२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठगी अभियोगमा पाँच जना पक्राउ

२ माघ २०८२, बिहीबार १३:२५

काठमाडौँ | प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु २८ लाख ७० हजार रकम ठगी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–५ बस्ने ३७ वर्षीया सुनिता इधिङगो लिम्बू, रूकुम पश्चिमको मुसिकोट नगरपालिका–१० का ३० वर्षीय अभिशेष कराला, अर्घाखाँचीको मालारानी गाउँपालिका–१ का ४६ वर्षीय चेतनारायण आचार्य, काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका–७ का ४९ वर्षीय रेशमलाल लामा तामाङ र काठमाडौँ महानगरपालिका–१७ की ४२ वर्षीया निलिमा श्रेष्ठ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पक्राउ परेकामध्ये सुनिताले युएई पठाउने भन्दै रु एक लाख ५० हजार, अभिशेषले माल्दिभ्स पठाउने भन्दै रु तीन लाख ४० हजार, चेतनारायणले बेलायत पठाउने भन्दै रु १३ लाख ६० हजार, रेशमले अमेरिका पठाउने भन्दै रु नौँ लाख र निलिमाले बेलायत पठाउने भन्दै रु १२ लाख लिई सम्पर्कविहीन भएको उजुरीको आधारमा पक्राउ गरिएको हो ।”

पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको प्रवक्ता आचार्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ