२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

ग्रामिण बस्तिमा आयोडिन युक्त नुन पुगेन, सर्बसाधरण ढिके नुनको भरमा

२०७२, १७ फाल्गुन सोमबार ०२:३३

दान बहादुर बुढा । फागुन १७, मुगु । सरकारले अनुदान साल्टट्रेडिङ कर्पोरेसन मार्फत बितरण गर्दै आएको आयोडिनयुक्त खाने नुन सदरमुकाम आसपास बाहेकका जिल्लाका २४ गाबिस मध्ये ग्रामिण भेगका १९ गाबिसका सर्बसाधरणहरुले आयोडिनयुक्त नुन नपाए पछि ढिके नुन खाने गरेका छन ।

नेपाल सरकारले साल्टट्रेडिङ कर्पोरेसन शाँखा बाट प्रति केजीको नौ रुपैयाका दरले सर्बसाधरण लाई बितरण गर्दै आएको भएपनि जिल्लाका पुर्बि भेगका पाँच उत्तरी भेगका सात र पश्चिम क्षेत्रका सात गरि १९ गाबिसका सर्बसाधरणले सहुलिएत दरमा बितरण गरिने आयोडिनयुक्त नुन दुई बर्ष देखि नपाए पछि तिब्बत र भारतबाट आएतित ढिके नुन खान बाध्य भएका हुन ।

बिहबार जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय योजना आयोग र नेपाल सरकार कण्ठरोग नियन्त्रण कार्यक्रमले आयोडिन नुनका बारे छलफल गरिएको कार्यक्रममा सदरमुकाम आसपास गाबिस बाहेक अन्य १९ गाबिसले आयोडिनयुक्त नुन नपाएको सहभागिहरुले बताएका थिए ।

यो आर्थिक बर्षका लागी राष्ट्रिय योजना आयोगबाट जिल्ला भरका लागी ५ हजार ३ सय क्विन्टल स्विकृत भई साल्टट्रेडिङ कर्पोरेसनले जिल्ला सदरमुकाम आसपासका ५ र करान भेगका ५ गाबिस लाई ४ हजार सोरुकोट डिपो ६ सय ५० र खत्याड भेगको डिपोका लागी ६ सय ५० क्विन्टल नुन ठेकेदार मार्फत ढुवानि गरेको भएपनि दुई बर्षयता देखि ग्रामिण भेगका दुई डिपोमा आयोडियुक्त नुन नपुगेको राजनिततिक दलका नेता र संचारकर्मि हरुले योजना आयोगका निर्देशक राम प्रसाद आर्चयले लाई गुनासो राखेका थिए ।

आयोडिनको कमिले उत्पन्न हुने रोग र आयोडिन नुनको प्रयोग बारे सहभागि लाई जानकारी गराउदै गराउन आएका साल्टट्रेडिङ कर्पोरेसनका सहायक महा प्रबन्धक कृष्णा शाक्यलाई दुई बर्षदेखि खत्याड भेगको श्रीकोट डिपोमा नुन नपुगेको र सोरु भेगमा पनि त्यही हालत भएको आफुहरुले ढिके नुन प्रयोग गर्दै आएको सेरी गाबिस ६ का बाल कृष्णा दाहालले बताएका थिए । गाँउमा नुन पठाए मात्र गाँउले लाई आयोडिनयुक्त नुन खान र प्रयोग गर्न सिकाउनु पर्ने दाहालले गुनासो राखे ।

डिपोमा नुन नपुगेपछी दुई दिन हिडेर जिल्ला सदुमुकाम आएमात्र भने अनुसारको नुन साल्टटे«डिङ्ग कर्पोरेसन बाट पाएपनि घर सम्म पुराउदा ढुवानि गर्दा एक केजिको ५० रुपैया सम्म पर्ने गरेपछि उनि हरु गाँउमै ब्यापारीले पशुचौपाय बाट बोकाएर ल्याएको तिब्बति जुम्ला, बाजुरा र भारत बाट आयतित ढीके नुन ल्यायर खाने गरेको समाज सेबि बिखृ बहादुर थापाले बताएका छन ।

डिपो रहेका खत्याड भेगका सेरी, श्रकिोट, गम्था खमाले, कोटडाँडा,सुकाढिक ह्यागलु सोरु भेगको धैनकोट, कालै, रारा, जिमा,नार्थपु, भिई, फोतु गाबिस हरुमा बर्ष एक पटक मात्र नुनु पुग्ने गरेको भएपनि त्यो प्रायप्त हुने गरेको छैन यता करान भेगका पाँच गाबिस मुगु, क्रिम्रि डोल्फु, पुलु र माँग्री गाबिसमा डिपो नभएकाले त्यहाँका सर्बसाधरण आयोडिन नुन लिनका लागी दुई दिन हिडेर सदरमुकाम आउनु पर्ने बाध्यता भएकाले दुई दिन हिड्नु भन्दा ढिके नुननै खान बाध्य भएका छन ।उक्त कार्याक्रममा पूर्व शिक्षा राज्य मन्त्री हस्त बहादुर मल्लले नुन बिक्रि बितरणको लागी अनियमिता रोक्नकोलागी सिडीयोको सिफारीसबात चलाउने प्रक्रिया समेत गरीएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक