२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

सामुहिक च्याउ खेतीमा महिला आकर्षित

२०७२, १६ चैत्र मंगलवार ०७:३०

चैत १६, मुगु । घरको सानो कोठामा गरिने च्याउ खेती तर्फ यहाँका एक गाँउका महिलाहरु आकर्षित भएका छन ।

वनमा पाईने अन्य च्याउ भन्दा घर मै खेती गरिने कन्ने जातको च्याउले बजारमा रामै मुल्य पाउन थालेपछि सदरमुकाम गमगढीबाट १० मिनेटको दुरीमा रहेको कार्कीवाडा गाँउका महिलाहरु एकजुट भै सामुहिक च्याउ खेती तर्फ लागेका हुन ।

mahila

महिला तथा बाल बालिका कार्यालय मुगुले आफनो कार्यालयमा दर्ता भएको उक्त गाँउमा रहेको शिव महादेव महिला विकास समुहका सदस्यहरुलाई आत्मनिर्भर बनाउन सिपमुलक च्याउ खेती सम्वन्धि ५ दिने तालिम दिएको थियो ।

गत बर्ष मात्र तालिम लिए पनि सदस्यहरुले व्यक्तिगत रुपमा च्याउ खेती गदै आएका थिए । समुहकी अध्यक्ष झपकली कार्की एक बर्षसम्म समुहमा आवद्ध २२ जना सदस्यहरुले एग्ला एग्लै खेती गरेर रामै्र कमाई गरेपछि व्यक्तिगत भन्दा सामुहिक च्याउ खेती गर्दा नाम पनि हुने र जिल्लाका रहेका संघ सस्था र सरकारी कार्यालयहरुले व्यक्ति भन्दा समुहलाई सहयोग गर्ने भएकाले सामुहिक च्याउ खेती तर्फ लागेको बताउनु हुन्छ । यस्तै समुहकी सचिव अन्जु मल्ल समुह मार्फत सदस्यहरुको विकास गर्ने र जिल्ला भरी रहेका विभिन्न समुहहरु भन्दा नमुना समुह बनाउन सामुहिक च्याउ खेती लागेको बताउनु हुन्छ ।

समुहलाई महिला तथा बाल बालिका कार्यालयले वस्तुगत सहयोग गरिरहेको कार्यालय प्रमुख हशिना सुवेधी पराजुली बताउनु हुन्छ । उहाँ भन्नु हुन्छ हामो्र सहयोग गणनामा आउदैन जिल्ला भरी रहेका समुहहरु मध्य सायद जिल्ला मै पहिलो चाटी यो सामुहिक खेती गर्न महिला दिदि बहिनीहरु अग्रसर हनु भएकाले साथमा हात मात्र कार्यालयले दिएको छ ।

chau

सदरमुकाम गमगढी बजार नजिक भएकाले पछिल्ला बर्षहरुमा साकाहारी र अन्य व्यन्तिहरुले मासुको विकल्पको रुपमा खान थालेपछि च्याउले रामै बजार लिएको छ । जिल्ला कुषि विकास कार्यालयका कृषि प्रसार अधिकृत रामसुरत पाल यो जातको च्याउ खानाले माटोपना घटाउने, मुटुरोगी सन्चो जस्ता कारणले पनि यसको बजार रामा्रे भएको भन्नुहुन्छ ।

समुहको कार्यमा कुनै असहज परिस्थिती नआओस भनेर समुहले गाँउको एक घर भाडामा लिएको छ भने सदस्यहरुलाई कामको जिम्मेवारी बाँडफाड गरिएको छ ।

हाल बजारमा प्रति किलो च्याउको मुल्य रु ५०० रहेको छ । कार्कीवाडा गाँउमा सामुहिक खेती थालिएपनि जिल्लाका घाट,श्रीनगर, श्रीकोटका महिलाहरु व्यक्तिगत च्याउ खेतीमा लागेका छन । १८ देखि ३० डिगी्र सेन्टीगे्रटको तापक्रममा बन्ध कोठामा गरीने यो खेतीले तिन महिनामा बेच्न मिल्ने हुन्छ भने प्रति पलाष्टिक थैलाबाट १ केजी सम्म च्याउ उत्पादन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण