९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

सामुहिक च्याउ खेतीमा महिला आकर्षित

१६ चैत्र २०७२, मंगलवार ०७:३०

चैत १६, मुगु । घरको सानो कोठामा गरिने च्याउ खेती तर्फ यहाँका एक गाँउका महिलाहरु आकर्षित भएका छन ।

वनमा पाईने अन्य च्याउ भन्दा घर मै खेती गरिने कन्ने जातको च्याउले बजारमा रामै मुल्य पाउन थालेपछि सदरमुकाम गमगढीबाट १० मिनेटको दुरीमा रहेको कार्कीवाडा गाँउका महिलाहरु एकजुट भै सामुहिक च्याउ खेती तर्फ लागेका हुन ।

mahila

महिला तथा बाल बालिका कार्यालय मुगुले आफनो कार्यालयमा दर्ता भएको उक्त गाँउमा रहेको शिव महादेव महिला विकास समुहका सदस्यहरुलाई आत्मनिर्भर बनाउन सिपमुलक च्याउ खेती सम्वन्धि ५ दिने तालिम दिएको थियो ।

गत बर्ष मात्र तालिम लिए पनि सदस्यहरुले व्यक्तिगत रुपमा च्याउ खेती गदै आएका थिए । समुहकी अध्यक्ष झपकली कार्की एक बर्षसम्म समुहमा आवद्ध २२ जना सदस्यहरुले एग्ला एग्लै खेती गरेर रामै्र कमाई गरेपछि व्यक्तिगत भन्दा सामुहिक च्याउ खेती गर्दा नाम पनि हुने र जिल्लाका रहेका संघ सस्था र सरकारी कार्यालयहरुले व्यक्ति भन्दा समुहलाई सहयोग गर्ने भएकाले सामुहिक च्याउ खेती तर्फ लागेको बताउनु हुन्छ । यस्तै समुहकी सचिव अन्जु मल्ल समुह मार्फत सदस्यहरुको विकास गर्ने र जिल्ला भरी रहेका विभिन्न समुहहरु भन्दा नमुना समुह बनाउन सामुहिक च्याउ खेती लागेको बताउनु हुन्छ ।

समुहलाई महिला तथा बाल बालिका कार्यालयले वस्तुगत सहयोग गरिरहेको कार्यालय प्रमुख हशिना सुवेधी पराजुली बताउनु हुन्छ । उहाँ भन्नु हुन्छ हामो्र सहयोग गणनामा आउदैन जिल्ला भरी रहेका समुहहरु मध्य सायद जिल्ला मै पहिलो चाटी यो सामुहिक खेती गर्न महिला दिदि बहिनीहरु अग्रसर हनु भएकाले साथमा हात मात्र कार्यालयले दिएको छ ।

chau

सदरमुकाम गमगढी बजार नजिक भएकाले पछिल्ला बर्षहरुमा साकाहारी र अन्य व्यन्तिहरुले मासुको विकल्पको रुपमा खान थालेपछि च्याउले रामै बजार लिएको छ । जिल्ला कुषि विकास कार्यालयका कृषि प्रसार अधिकृत रामसुरत पाल यो जातको च्याउ खानाले माटोपना घटाउने, मुटुरोगी सन्चो जस्ता कारणले पनि यसको बजार रामा्रे भएको भन्नुहुन्छ ।

समुहको कार्यमा कुनै असहज परिस्थिती नआओस भनेर समुहले गाँउको एक घर भाडामा लिएको छ भने सदस्यहरुलाई कामको जिम्मेवारी बाँडफाड गरिएको छ ।

हाल बजारमा प्रति किलो च्याउको मुल्य रु ५०० रहेको छ । कार्कीवाडा गाँउमा सामुहिक खेती थालिएपनि जिल्लाका घाट,श्रीनगर, श्रीकोटका महिलाहरु व्यक्तिगत च्याउ खेतीमा लागेका छन । १८ देखि ३० डिगी्र सेन्टीगे्रटको तापक्रममा बन्ध कोठामा गरीने यो खेतीले तिन महिनामा बेच्न मिल्ने हुन्छ भने प्रति पलाष्टिक थैलाबाट १ केजी सम्म च्याउ उत्पादन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता