२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

गमगढीमा मापदण्ड बिपरीत मासु पसल संचालन प्रहरी प्रशासन मौन

२०७२, १८ चैत्र बिहीबार १०:०७

चैत १८, मुगु । सदरमुकाम गमगढी बजारमा रहेका आधा दर्जन मासु पसलहरु मापदण्ड बिपरीत संचालन गरीएको भेटिएको छ तर प्रहरी प्रशासन कार्यालयहरु भने मौन भएर बसेका छन ।

जिल्ला पशु सेवा कार्यालयको पहलमा गमगढी बजारमा रहेका मासु पसलहरुमा अनुगमन गर्दा सम्पूर्ण पसलहरुमा मापदण्ड बिपरीतनै संन्चालन गरेको भेटीएको छ । खसी काट्ने एकै ठाउ खसीको भित्री फोहोर लादि नजिकै फाल्ने मासुलाई फलामे भाडाले काट्ने सरसफाई नगरेको पुराना औजार र फोहोर प्रयोग गरेको अनुगमन टोलीका संयोजक तथा जिल्ला प्रशासन कार्यालय मुगुका सुचना अधिकारी लक्ष्मी प्रसाद भटराईले बताएका छन । भट्राईका अनुसार यो पहिलो पटक चेतना मुलक जानकारी गराएका छौ दोस्रो पटक अनुगमनमा आउदा नसुधारीएको पाईएमा मासु बेचबिखन निति नियम अनुसार सजाए र कारबाही समेत गरीने बताएका छन ।

हिजो आज गमगढीमा खसीमासुको प्रति के।जी रु ६ सय र टाउको खुट्टा भुडी मिलाएको प्रति के।जी रु ५ सय ५० रुपैया रहेको छ । दिन प्रति दिन ८ कुन्टल भन्दा बढी खसीको मासु र बोइलर कुखुराको मासु ४ कुन्टल सम्म बिक्रि हुने गरीन्छ । बोइलर कुखुराको प्रति के।जि रु ५ सय रुपैया मूल्य रहेको मुगु उद्योग वाणिज्य संघका महासचिव नृपेन्द्र बहादुर मल्लले बताएका छन ।

सरोकारवाला निकाय, पशु सेवा कार्यालय अहिले सम्म मौन रहेको छ भने खसी र कुखुराको मासु गमगढी बजारमा बिना ईजाजत पत्रमा खुलेआम तरकारी पसल ,खाद्यान्न् पसल, दैनिक उपभोग्य बस्तु मदीरा स्टेशनरी पसलमा राखेर बिक्रि बितरर्ण गर्ने गरिएको पाईन्छ । जिल्ला पशुसेवा कार्यालय मुगुले मासु ब्यवसायीहरुलाई एक अन्तरकृया गरी मासु बिक्रि बितरण गदा प्रयोग हुने औजार र अन्य ब्याबस्थापनको लागी छलफल समेत गरीएको र उक्त कार्याक्रममा ७० प्रतिशत रोगहरु पशुपंक्षी मार्फत लाग्ने भएकाले मासु स्पस्थ बिक्रि बितरण हुन अनिवाय रहेकोमा जोड दिएको पशु कार्यालयका डा। सुरेन्द्र यादबले बताएका छन ।

अहिले जिल्लामा हिमाली आयोजनाबाट अनुदान रकम पाएका लक्ष्मी रावलको चन्दनाथ फ्रेश हाउसका रु १२ लाख ६४ हजार, श्रीया कुषि बिकास बस्तु आयोजना तेज बहादुर मल्लको रु २० लाख ६३ हजार र बसन्त मासुसेन्टर लाल बहादुर मल्लको रु १९ लाख ५४ हजार गरी मुगु जिल्लामा ३ जनाको नाममा आयको अनुदान रकम जम्मा रु ५२ लाख ८१ हजार आए पनि ब्याबसाय संन्चालनमा नआएको र केहीको मापदण्ड बिपरीत रहेको जिल्ला पशु सेवा कार्यालयले बताएको छ । केही बर्ष अघी जिल्ला पशु कार्यालयबाट पशु बधसाला स्थापना गरीएको भएपनि उक्त बधसालामा अहीले एकजना ब्याक्तिले फर्निचर उद्योग संन्चालन गरेको छ । मासु ब्याबसाय तिलक रावतका अनुसार गमगढी सानो ठाउ छ तर पनि हामी मासु ब्याबसायहरुले अनियमित गरेको देखीन्छ, तर सुधारेर जानु प्रर्छ, जाने छु भनेर बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल