नन्दराम जैशी | असोज ३०, जुम्ला । जनसंख्या तथा वाताबरण मन्त्री मिथिला चौधरीले राज्य जलवायु परिवर्तनको असरबाट उम्कन नसक्ने बताउनुभएको छ । बढ्दो जनसंख्या बृद्धि, बन, बनस्पत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी | असोज ३०, जुम्ला । जनसंख्या तथा वाताबरण मन्त्री मिथिला चौधरीले राज्य जलवायु परिवर्तनको असरबाट उम्कन नसक्ने बताउनुभएको छ । बढ्दो जनसंख्या बृद्धि, बन, बनस्पत"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राज्य जलवायु परिवर्तनको असरबाट उम्कन सक्दैन “मन्त्री चौधरी”

३० आश्विन २०७४, सोमबार ०२:४१


नन्दराम जैशी | असोज ३०, जुम्ला । जनसंख्या तथा वाताबरण मन्त्री मिथिला चौधरीले राज्य जलवायु परिवर्तनको असरबाट उम्कन नसक्ने बताउनुभएको छ । बढ्दो जनसंख्या बृद्धि, बन, बनस्पती र बन्यजन्तुको विनास तथा विभिन्न प्रकोपजन्य घटनाले गर्दा जलवायु परिवर्तनको असर दिन प्रतिदिन बढ्दै गएकाले राज्य समस्याबाट उम्कन नसक्ने उहाँको भनाइ छ । जलवायु परिवर्तन, खाद्य सुरक्षा र स्वच्छ पानी तथा हिमाली क्षेत्रमा यसका चुनौति र अवसरका विषयमा पहिलो पटक जुम्लामा आइतबारबाट शुरु भएको २ दिने राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताउनुभएको हो ।  

जलवायु परिवर्तनले बालि उत्पादन, खानेपानि र स्वास्थ्यमा समस्या निम्त्याएको भन्दै त्यसको प्रत्यक्ष असर पर्वतियबासिले (माउन्टेन पिपुल) भोगेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, पर्वतियबासि अतिबृटि, अनाबृटि र माहामारिको चपेटामा छन् । जसका लागि वातावरण अनुकुलनका कार्यक्रम संचालन गर्न आवश्यक छ । वातावरण अनुकुलन नीति २०६७ कार्यान्वयनमा आएकोले सोहि अनुसार मन्त्रालयले योजना बनाइ कार्यक्रम संचालन गर्नेछ । यस अभियानमा अन्य सरकारी तथा गैर सरकारी निकायबाट संचालन भएका कार्यक्रमले पनि जलवायु परिवर्तन अनुकुलनमा सहज हुने मन्त्री चौधरीले बताउनुभयो ।   

जनसंख्या तथा वाताबरण मन्त्रालयका सचिब विश्वनाथ वलिले जलवायु परिवर्तन र बतावरण मैत्रि विकासलाई अघि बढाउनसके समस्या न्युनिकरण हुदै जाने बताउनुभयो । नेपाल जलवायु परिवर्तन जोखिमको हिसाबले विश्वमा चौथो देश रहेको भन्दै मन्त्रालयले थप अनुकुलनका कार्यक्रम ल्याउने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, सबैको ध्यान जलवायु परिवर्तनमा भएपनि अध्ययन, अनुसन्धानको कमिले खास समस्या र समाधानको उपाय छैन । यसमा चेतनाका कार्यक्रम संचालन गर्न आवश्यक छ । विगतमा मन्त्रालयले गरेका कामलाई निरन्तरता दिदै आगामि दिनमा पनि थप कार्यक्रम संचालन गर्न मन्त्रालय तयार रहेको सचिब वलीले बताउनुभयो । 

जनसंख्या तथा वातावारण मन्त्रालय, नेपाल विज्ञापन तथा प्रविधि प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड, काठमाण्डौँ विश्व विद्यालय, किर्डाक नेपालको साझेदार तथा एनसिएएमआई को समन्वयमा सम्मेलनको आयोजना भएको हो । सम्मेलनमा कर्णालीको खाद्य सुरक्षा, जीविको पार्जन र वातावरणीय असरले पारेको प्रभावका बारेमा कार्यपत्र प्रस्तुत गरि निष्कर्ष सहितको व्यापक छलफल हुने मुख्य आयोजक संस्था किर्डाक नेपालले जनाएको छ । हिमाली क्षेत्रमा स्वच्छ पानी, यसको संरक्षण र प्रर्वद्धन, मानव अधिकार र यसको अवस्थाका विषयमा पनि सम्मेलनमा कार्यपत्र प्रस्तुत हुने बताइएको छ ।       

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन