२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

बाढीले कृषि बालीसहित खानेपानी योजना बगायो

२०७३, २७ बैशाख सोमबार ००:०९

सुबास चन्द्र मल्ल | वैशाख २७, मुगु | लामो खडेरी पछि वैशाख २३ गतेदेखि सुरु भएको बर्षाले कतिपय कृषकलाई वर्षे वाली सप्रिनेमा खुसि तुल्याएको छ भने कतिपय कृषकलाई झन दु:खि बनाएको छ ।

शनिवार अपरान्हबाट अबेर रातीसम्म भएको वर्षाका कारण रुगा गाविसको वडा नम्बर १ तिर्प गाउँ वडा नम्बर २ लह गाउँका स्थानीयले खेत गह्रामा छरेको धान, कोदो, चिनु, कागुना, मकै, आलु भटमास, लगायतको बालीनाली बगाई दिएको छ । शनिवारको वर्षाले वडा नम्बर २ लह गाउँमा रहेको मष्टा प्राथामिक विद्यालयको चार कोठे भवन समेत भत्काई दिए पछि विद्यार्थीको पठन पाठन कार्यमा समेत अवरोध सिर्जना भएको विद्यालयका शिक्षक तुलबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार बर्षाका कारण आएको बाढीले दुवै गाउँको खानेपानीका पाईप बगाएर लगे पछि गाउँमा खाने पानिको हाहाकार सुरु भएको छ ।

वडा नम्बर २ का ३० घर धुरी र वडा नम्बर १ का ६७ घर धुरी बर्षा र बाढीका कारण खानेपानीको समस्यामा परेका तथा बर्षाका कारण आएको बाढी स्थानीयवासीका खेत वारीमा लगाएको वर्षे बाली सहित माटो समेत बगाउदा अहिले त्यस ठाउँ ढुंगा बाहेक अरु केही नरहेको वडा नम्बर १ का स्थानीयवासी मानबहादुर ऐडीले बताए । खडेरीका कारण हिउदेवालीको उत्पादनमा ठुलो क्षेति व्यहोरेका स्थानीयवासीले वर्षा सुरु भए पछि खेत वारीमा लगाएको बर्खेवालीको उत्पादन राम्रो हुने आशा गरे पनि शनिवारको वर्षाले यि दुई गाउँका स्थानीयले लगाएको सबै बाली बगाई दिए पछि थप चिन्तामा परेका छन ।

यता जिल्ला कृषि बिकास कार्यालय मुगुलाई कुनै पनि जानकारी नआएको बरिष्ट कृषि बिकास कार्यालय प्रमुख डा.चन्द्र प्रसाद रिसालले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन