कर्ण चन्द | कात्तिक २, डोटी | डोटीको बड्डीकेदार गाउँपालिकामा बसस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ  । जिल्ला कै जोरायल गाउँपालिकामा दुर्घटना भएको&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कर्ण चन्द | कात्तिक २, डोटी | डोटीको बड्डीकेदार गाउँपालिकामा बसस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ  । जिल्ला कै जोरायल गाउँपालिकामा दुर्घटना भएको&n"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोटीमा फेरी दुर्घटना, तीन जनाको मृत्यु (तश्विर सहित)

२ कार्तिक २०७४, बिहीबार ०७:४९


कर्ण चन्द | कात्तिक २, डोटी | डोटीको बड्डीकेदार गाउँपालिकामा बसस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ  । जिल्ला कै जोरायल गाउँपालिकामा दुर्घटना भएको  तीन दिन पछि फेरी अर्को दुर्घटना भएको हो । 

डोटीको बड्डीकेदार गाउँपालिका वडा नम्बर दुई खड्यौली स्थित सुनालेबाट घनगढी तर्फ जाँदै गरेको सुदुरपश्चिम यातायातको ना.३ ख. ५६४८ नम्बरको यात्रुबहाक बस दुर्घटना हुदा तीन जनाको मृत्यु भएको हो । बिहान १० बजेतिर भएको दुर्घटनाबाट २१ जना यात्रु घाईते भएका छन् ।

मृत्यु हुनेमा बड्डीकेदार–४ भुजाली बस्ने बर्ष ४७ का जगदिस चन्द र बड्डीकेदार–४ रोल बस्ने बर्ष ३५ की मिनादेवी पुनमगर रहेका छन् । त्यसैगरी अर्का मृत्यु हुनेमा सो ठाउँका लोकेन्द्र जेठाराकी तीन बर्षिकी छोरी पुष्पा कुमारी जेठारा रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक शिबबहादुर सिंहले जानकारी दिनु भएको छ ।  दुर्घटना पछि बस चालक भने फरार रहेका छन् । घाईते हुनेहरु मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।

घाईते हुनेहरुमा बोगटान गाउँपालिका वडा नम्बर २ केदारअखडा, बड्डीकेदार गाउपालीका वडा नम्बर ४ मान्नाकापडी र सोही गाउपालिका वडा नम्बर ५ लानाकेदारेश्वरका रहेकाछन् । घाईतेहरुलाई अहिले कर्णाली यातायातको ना.४ ख. ६५५२ नम्बरको बसमा उपचारको लागि धनगढी तर्फ लगिएको प्रहरीले जानकारी दिएको छ । बस सडकबाट १५० मिटर तल खसेको थियो । के कारणले दुर्घटना भएको हो भन्ने खुल्न नसकेको भएपनि कच्ची सडक भएका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान