१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटका ९० बढी प्रावि विद्यालय शिक्षक दर्बन्दी विहिन

९ फाल्गुन २०७२, आईतवार १४:२८

दलसिंह गिरी/ फागुन ९, कालिकोट । जिल्लाका ९० बढि प्राथमिक विद्यालय शिक्षक दरबन्दी बिना नै संचालन हुदै आएका छन् । विद्यालय नियमित संचालनका लागि आवश्यक शिक्षक दरबन्दी राज्यले ब्यवस्था नगरेपनि जिल्लाका धेरै ठाउहरुमा विद्यालय जेनतेन संचालन हुदै आएका हुन् ।

सम्बन्धित निकायले बिद्यालय संचालनको अनुमति हचुवाका भरमा दिने गरेकोले जिल्लाको शैक्षिक स्तर खस्कदो अबस्थामा रहेको स्थानीय अभिभावकहरु बताउदै आएछन् । शैक्षिक सत्र २०६५/०६६ भन्दा पहिलेका शैक्षिक सत्रहरुमा प्राथमिक विदयालय संचलनका लागि होचुवाको भरमा अनुमति पाए पनि नियमित विद्यालय संचालनका लागि शिक्षक दरबन्दी नपाएको निमित्त जिल्ला शिक्षा अधिकारी मोतीलाल महताराले बताउनु भएको छ ।

शैक्षिक सत्र २०६५÷०६६ यता विद्यालय संचालन गर्ने अनुमति नै बन्द भए पनि संचालनमा रहेका विद्यालयको समस्या समाधान हुन नसकेको निमित्त जिल्ला शिक्षा अधिकारी महताराले बताउनु भएको छ ।

शिक्षक दरबन्दी नपाएका विद्यालयहरु जिल्ला शिक्षा कार्यालयबाट दिइने विदयार्थी इकाइ लागत रकम (पिसिएफ) को भरमा चल्ने गरेको, त्यस्तो रकम एक विदयालयले विद्यार्थी संख्याका आधारमा बार्षिक ३० देखि २ लाख सम्म पाउने गरेकाले त्यसैबाट विद्यालय संचालन हुने गरेका निमित्त जिल्ला शिक्षा अधिकारी महताराले बताउनु भएको छ । यस्ता विद्यालयले पिसिएफ रकम बढि लिन नक्कली बिद्यार्थी बिबरण तयार गर्ने गरेको पाइएको समेत महराले बताउनु भएको छ ।

यता १ कक्षा देखि ३ कक्षासम्म पठनपाठन हुने यस्ता प्राथमिक विद्यालयमा नियमित पठनपाठन समेत नहुने अभिभाबकहरुको गुनासो छ । कार्यालयले यस्तो समस्या समाधानका लागि विद्यालय मर्ज कार्यक्रम संचालन गर्न खोजे पनि सफल हुन सकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्ला शिक्षा कार्यालयले विद्यालय मर्जका लागि लिखित निर्णय गरी स्थानीय स्तरमा परिपत्र गरिसके पनि स्थानीय स्तरमा कसैलेपनि वास्ता नगर्दा कार्यान्वय हुन सकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो