२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटका ९० बढी प्रावि विद्यालय शिक्षक दर्बन्दी विहिन

२०७२, ९ फाल्गुन आईतवार १४:२८

दलसिंह गिरी/ फागुन ९, कालिकोट । जिल्लाका ९० बढि प्राथमिक विद्यालय शिक्षक दरबन्दी बिना नै संचालन हुदै आएका छन् । विद्यालय नियमित संचालनका लागि आवश्यक शिक्षक दरबन्दी राज्यले ब्यवस्था नगरेपनि जिल्लाका धेरै ठाउहरुमा विद्यालय जेनतेन संचालन हुदै आएका हुन् ।

सम्बन्धित निकायले बिद्यालय संचालनको अनुमति हचुवाका भरमा दिने गरेकोले जिल्लाको शैक्षिक स्तर खस्कदो अबस्थामा रहेको स्थानीय अभिभावकहरु बताउदै आएछन् । शैक्षिक सत्र २०६५/०६६ भन्दा पहिलेका शैक्षिक सत्रहरुमा प्राथमिक विदयालय संचलनका लागि होचुवाको भरमा अनुमति पाए पनि नियमित विद्यालय संचालनका लागि शिक्षक दरबन्दी नपाएको निमित्त जिल्ला शिक्षा अधिकारी मोतीलाल महताराले बताउनु भएको छ ।

शैक्षिक सत्र २०६५÷०६६ यता विद्यालय संचालन गर्ने अनुमति नै बन्द भए पनि संचालनमा रहेका विद्यालयको समस्या समाधान हुन नसकेको निमित्त जिल्ला शिक्षा अधिकारी महताराले बताउनु भएको छ ।

शिक्षक दरबन्दी नपाएका विद्यालयहरु जिल्ला शिक्षा कार्यालयबाट दिइने विदयार्थी इकाइ लागत रकम (पिसिएफ) को भरमा चल्ने गरेको, त्यस्तो रकम एक विदयालयले विद्यार्थी संख्याका आधारमा बार्षिक ३० देखि २ लाख सम्म पाउने गरेकाले त्यसैबाट विद्यालय संचालन हुने गरेका निमित्त जिल्ला शिक्षा अधिकारी महताराले बताउनु भएको छ । यस्ता विद्यालयले पिसिएफ रकम बढि लिन नक्कली बिद्यार्थी बिबरण तयार गर्ने गरेको पाइएको समेत महराले बताउनु भएको छ ।

यता १ कक्षा देखि ३ कक्षासम्म पठनपाठन हुने यस्ता प्राथमिक विद्यालयमा नियमित पठनपाठन समेत नहुने अभिभाबकहरुको गुनासो छ । कार्यालयले यस्तो समस्या समाधानका लागि विद्यालय मर्ज कार्यक्रम संचालन गर्न खोजे पनि सफल हुन सकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्ला शिक्षा कार्यालयले विद्यालय मर्जका लागि लिखित निर्णय गरी स्थानीय स्तरमा परिपत्र गरिसके पनि स्थानीय स्तरमा कसैलेपनि वास्ता नगर्दा कार्यान्वय हुन सकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु