२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

एकै दिनमा ४ घोषणा

२०७३, २७ बैशाख सोमबार ०८:५०

दलसिंह गिरी, वैशाख २७, कालिकोट । “बालविवाह मुक्त, पूर्ण जन्मदर्ता विद्यालय शान्तिक्षेत्र घोषणा गाविस हाम्रो, पूर्ण खोप सुन्दर भविष्य जीवन राम्रो” भन्ने मुल नाराका साथ राँचुली गाविसलाई एकैदिन विद्यालय शान्ति क्षेत्र, बालविवाह मुक्त, शतप्रतिशत जन्मदर्ता र पूर्ण खोप यूक्त गाविस घोषणा गरिएको छ ।ghosana

गाविसका सबै वडाहरुका अभिभावकहरु तथा गाविसका ५ वटै विद्यालयहरुका शिक्षक, बालबालिकाहरु र अभिभावकहरुको उल्लेख्य सहभागितामा यहि मिति २०७३ वैशाख २१ गते भब्य समारोह विच घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा गाविसस्थित विभिन्न सरोकारवालाहरुले सामुहिकरुपमा विद्यालय शान्तिक्षेत्र, बालविवाह मुक्त, शतप्रतिशत जन्मदर्ता र पूर्ण खोपको पूर्ण कार्यान्वयन भएको र आगामी दिनमा यसलाई निरन्तरता दिने प्रतिवद्धता जाहेर गरेका छन् ।

प्रतिवद्धता पत्रमा आगामी दिनमा कसैले पनि कम्तिमा २० वर्ष नपुगी विवाह नगर्ने यदि सो उमेर भन्दा तल कसैले बालविवाह गराएमा अभिभावकहरु सजायका भागिदार हुने, बालविवाह सामाजिकरुपमा अपराध र कानूनीरुपमा अपराध हुने भएकोले यसको अन्त्यको लागि सबै सक्रिय हुने, सबै बालबालिकाहरुको अनिवार्य जन्मदर्ता गर्ने, बच्चा जन्मे पछि तुरुन्तै खोप लगाउने, विद्यालयको पठनपाठनमा कुनै पनि प्रकारको राजनैतिक हस्तक्षेत्र नगर्ने र कम्तिमा २२० दिन विद्यालय खुलेको, १९७ दिन पढाई भएको दिन सुनिश्चत गर्ने, बालबालिकाहरु माथि हुन सक्ने दुव्र्यवहार, भेदभाव, वेवास्ता र शोषणबाट मुक्त राख्ने जस्ता विषयवस्तुहरुमा प्रतिवद्धता व्यक्त गरेका छन् ।

गाविसमा क्रियाशिल विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, विद्यालयका शिक्षक, विव्यसका पदाधिकारीहरुले बेग्ला बेग्लै प्रतिवद्धता पत्रहरुमा हस्ताक्षर गरेर घोषणा गरिएको कार्यक्रममा प्रमुख अतिथि एवं जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका लेखा अधिकृत हरि क्षत्री, विशिष्ठ अतिथिहरुमा एलजिडिपी नारायण लामा र सेभ द चिल्डेनका स्वास्थ्य अधिकृत चन्द्र सेजवाल अतिथिहरुमा, विश्व खाद्य कार्यक्रमका अधिकृत धिरेन्द्र भूजेल, एकिकृत नेकपा माओवादी जिल्ला कमिटी सदस्य छत्र बहादुर शाही, एमालेका कर बहादुर शाही, नेपाली काँग्रेसका जनक बहादुर शाही, राप्रपाका दल बहादुर बोहरा, मजदुर किसान धर्म बहादुर शाही, किर्डाक नेपालका फिल्ड अधिकृत धनी राम न्यौपाने, भिडिसेफ नेपालका कार्यक्रम संयोजक चन्द्र बहादुर विक, गाउँ बालसंरक्षण समिति संयोजक, शिवराज शाही, कालिका उमाविका प्रअ दुर्गा प्रसाद कोइराला, दुर्गा मावि रताडा विरभद्र विक, दुर्गा मावि विव्यस अध्यक्ष भिम बहादुर वोहरा, महिला अधिकार मंचः दन्ता कुमारी शाही, बालसमुहबाट किस्ना कुमारी शाही र कमल शाहीले शुभकामना मन्तव्य सहित घोषणाको अक्षरशः पालना गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

गाविस सचिव एवं गाउँ शिक्षा समितिका अध्यक्ष कल्पना कुमारी थापाको अध्यक्षतामा आयोजित घोषणा कार्यक्रममा विगत ३ महिना देखि गाविसका सबै वडा तथा बस्तिहरुमा बालविवाह, जन्म दर्ता, खोप पाएनपाएको बारे सर्बेक्षण गरी घोषणा गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा गाविस स्थित बालसमुहका पदाधिकारीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन् भने महिला समुह तथा अन्य अभिभावकहरुले स्थानीय सँस्कृति झल्काउने गित तथा संगितहरु प्रस्तुत गरेका छन् । उक्त कार्यक्रम सफल गर्न सहयोगी निकायहरुमा गाउँ विकास समिति, गाउँ शिक्षा समिति, गाउँ बालसंरक्षण समिति, किर्डाक नेपाल, सेभ द चिल्डे«न, भिडिसेफ, जिल्ला स्वास्थ्य कार्यालय र खाद्य सुरक्षा कार्यक्रमबाट आर्थिक सहयोग गरिएको छ । त्यसै गरी कार्यक्रमको सहजीकरण तथा व्यवस्थापन गाविस र किर्डाक नेपालले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन