४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

एकै दिनमा ४ घोषणा

२७ बैशाख २०७३, सोमबार ०८:५०

दलसिंह गिरी, वैशाख २७, कालिकोट । “बालविवाह मुक्त, पूर्ण जन्मदर्ता विद्यालय शान्तिक्षेत्र घोषणा गाविस हाम्रो, पूर्ण खोप सुन्दर भविष्य जीवन राम्रो” भन्ने मुल नाराका साथ राँचुली गाविसलाई एकैदिन विद्यालय शान्ति क्षेत्र, बालविवाह मुक्त, शतप्रतिशत जन्मदर्ता र पूर्ण खोप यूक्त गाविस घोषणा गरिएको छ ।ghosana

गाविसका सबै वडाहरुका अभिभावकहरु तथा गाविसका ५ वटै विद्यालयहरुका शिक्षक, बालबालिकाहरु र अभिभावकहरुको उल्लेख्य सहभागितामा यहि मिति २०७३ वैशाख २१ गते भब्य समारोह विच घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा गाविसस्थित विभिन्न सरोकारवालाहरुले सामुहिकरुपमा विद्यालय शान्तिक्षेत्र, बालविवाह मुक्त, शतप्रतिशत जन्मदर्ता र पूर्ण खोपको पूर्ण कार्यान्वयन भएको र आगामी दिनमा यसलाई निरन्तरता दिने प्रतिवद्धता जाहेर गरेका छन् ।

प्रतिवद्धता पत्रमा आगामी दिनमा कसैले पनि कम्तिमा २० वर्ष नपुगी विवाह नगर्ने यदि सो उमेर भन्दा तल कसैले बालविवाह गराएमा अभिभावकहरु सजायका भागिदार हुने, बालविवाह सामाजिकरुपमा अपराध र कानूनीरुपमा अपराध हुने भएकोले यसको अन्त्यको लागि सबै सक्रिय हुने, सबै बालबालिकाहरुको अनिवार्य जन्मदर्ता गर्ने, बच्चा जन्मे पछि तुरुन्तै खोप लगाउने, विद्यालयको पठनपाठनमा कुनै पनि प्रकारको राजनैतिक हस्तक्षेत्र नगर्ने र कम्तिमा २२० दिन विद्यालय खुलेको, १९७ दिन पढाई भएको दिन सुनिश्चत गर्ने, बालबालिकाहरु माथि हुन सक्ने दुव्र्यवहार, भेदभाव, वेवास्ता र शोषणबाट मुक्त राख्ने जस्ता विषयवस्तुहरुमा प्रतिवद्धता व्यक्त गरेका छन् ।

गाविसमा क्रियाशिल विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, विद्यालयका शिक्षक, विव्यसका पदाधिकारीहरुले बेग्ला बेग्लै प्रतिवद्धता पत्रहरुमा हस्ताक्षर गरेर घोषणा गरिएको कार्यक्रममा प्रमुख अतिथि एवं जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका लेखा अधिकृत हरि क्षत्री, विशिष्ठ अतिथिहरुमा एलजिडिपी नारायण लामा र सेभ द चिल्डेनका स्वास्थ्य अधिकृत चन्द्र सेजवाल अतिथिहरुमा, विश्व खाद्य कार्यक्रमका अधिकृत धिरेन्द्र भूजेल, एकिकृत नेकपा माओवादी जिल्ला कमिटी सदस्य छत्र बहादुर शाही, एमालेका कर बहादुर शाही, नेपाली काँग्रेसका जनक बहादुर शाही, राप्रपाका दल बहादुर बोहरा, मजदुर किसान धर्म बहादुर शाही, किर्डाक नेपालका फिल्ड अधिकृत धनी राम न्यौपाने, भिडिसेफ नेपालका कार्यक्रम संयोजक चन्द्र बहादुर विक, गाउँ बालसंरक्षण समिति संयोजक, शिवराज शाही, कालिका उमाविका प्रअ दुर्गा प्रसाद कोइराला, दुर्गा मावि रताडा विरभद्र विक, दुर्गा मावि विव्यस अध्यक्ष भिम बहादुर वोहरा, महिला अधिकार मंचः दन्ता कुमारी शाही, बालसमुहबाट किस्ना कुमारी शाही र कमल शाहीले शुभकामना मन्तव्य सहित घोषणाको अक्षरशः पालना गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

गाविस सचिव एवं गाउँ शिक्षा समितिका अध्यक्ष कल्पना कुमारी थापाको अध्यक्षतामा आयोजित घोषणा कार्यक्रममा विगत ३ महिना देखि गाविसका सबै वडा तथा बस्तिहरुमा बालविवाह, जन्म दर्ता, खोप पाएनपाएको बारे सर्बेक्षण गरी घोषणा गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा गाविस स्थित बालसमुहका पदाधिकारीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन् भने महिला समुह तथा अन्य अभिभावकहरुले स्थानीय सँस्कृति झल्काउने गित तथा संगितहरु प्रस्तुत गरेका छन् । उक्त कार्यक्रम सफल गर्न सहयोगी निकायहरुमा गाउँ विकास समिति, गाउँ शिक्षा समिति, गाउँ बालसंरक्षण समिति, किर्डाक नेपाल, सेभ द चिल्डे«न, भिडिसेफ, जिल्ला स्वास्थ्य कार्यालय र खाद्य सुरक्षा कार्यक्रमबाट आर्थिक सहयोग गरिएको छ । त्यसै गरी कार्यक्रमको सहजीकरण तथा व्यवस्थापन गाविस र किर्डाक नेपालले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’