१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइतबार यी ३२ जिल्लामा सवारीसाधन चलाउन नपाइने

९ मंसिर २०७४, शनिबार १०:१६

मंसिर ९, काठमाडौं । पहिलो चरण अन्तर्गत प्रतिनिभि र प्रदेशसभाको चुनाव हुने ३२ जिल्लामा भोलि (आइतबार) सवारीसाधन बन्द हुने भएको छ ।

३२ जिल्लामा शनिबार राति १२ बजेदेखि आइतबार साँझ ५ बजेसम्म सवारी चलाउन पाइने छैन । निर्वाचन आयोगले मंसिर १० गते मतदान हुने क्षेत्रमा निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएपछि यो क्षेत्र भएर चल्ने सवारी प्रभावित हुने भएको हो ।

पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा आज शनिबार राति १२ बजेदेखि आइतबार साँझ ५ बजेसम्मका लागि सवारी साधन सञ्चालनमा रोक लगाइएकोले सोही अनुसार तयारी गर्न निर्वाचन आयोगले सूचना जारी गरेको छ ।

आइतबार प्रदेश नं १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नं ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नं ४  का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा, प्रदेश नं ५ का  रूकुम (पूर्वी भाग) र  रोल्पा, प्रदेश नं ६  का रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा,  तथा प्रदेश नं ७ का दार्चुला, बझाङ, बाजुरा र  बैतडी जिल्लामा चुनाव हुँदैछ ।

बाँकि ४५ जिल्लाहरुमा भने सवारी साधनहरु सामान्य रुपमा चल्ने ट्राफिक प्रहरीले जनाएको छ । 

भोलि मतदान हुने जिल्लामा निजी र सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइए पनि सुरक्षा निकाय र निर्वाचन प्रयोजनका लागि सवारी पास लिएका साधन भने निर्वाध रुपमा चल्न पाउने छन् । 

अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकल सञ्चालनमा पनि निर्वाचनले कुनै बाधा पार्ने छैन । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मंसिर १० र २१ गते दुई चरणमा हुँदैछ ।  



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण