२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उच्च भेगका जन्ता नै सञ्चार सेवाबाट बञ्चित

२०७३, १८ बैशाख शनिबार ०५:४४

आशिष के.सी । बैशाख १८, सल्यान । यस जिल्लाका अधिकांश गाउँमा सञ्चार सुविधा पुगे पनि सल्यान जिल्लाको उच्च ठाउ भनेर चिनिने कोर्बाङ झिम्पेको खर्सुबास लेक मुनिका केही वडाका बासिन्दा वर्षौं देखि सञ्चार सुविधाबाट वञ्चित छन् ।

कोर्बाङ झिम्पेको ५,६,७र ८ नं वडाका बासिन्दा एक्काइसौँ शताब्दीमा पनि सञ्चारविहीन बन्नुपरेको छ । “चार वडा सञ्चारकै पहुँच बाहिर छन,” स्थानीय रमेश के.सीले भन्नुभयो – “अरुतिर सामान्य भइसकेको मोबाइल सेवा यहाँ भने विस्तार हुनै सकेको छैन ।”

बिगतमा हेलो नेपालले काम गरिरहेका भएपनि हाल आएर हेलो नेपाल पनि बन्द भएपछि त्यस क्षेत्रका बासिन्दाले झनै सास्ति भोग्दे आएका छन । सिमा क्षेत्र दमाचौर र रोल्पाको जुगारमा ऐनसेल र नमस्तेका टावर भएपनि त्यसक्षेत्रको टावरले काम गर्दैन । भिम्पे गा.बि.स पहाडी क्षेत्र,भौगोलिक बिकटताको कारण कुनै पनि सिमाक्षेत्रका नेटवर्क समेत प्रभावकारी नभएको स्थानीयवासीको भनाइ छ । कतैकतै हेलो नेपालको नेटवर्क टिप्ने भएकाले त्यसैबाट काम चलाइने गरिएको स्थानीयवासी लोक ब. वली बताउदछन् ।

चारसय ५० भन्दा बढी घरपरिवार रहेको को.झिम्पे ५, ६,७ र ८ का बासिन्दाले वर्षांैदेखि मोबाइल सेवा नपाएपछि फोन गर्न अग्लो डाँडाकाँडा धाउन’ परेको छ । कसैसँग मोबाइलबाट सम्पर्क गर्नुपरेमा मोबाइल बोकेर घन्टौ दूरीमा रहेको डाँडासम्म निस्कनुपर्ने वाध्यता रहेको स्थानीयवासीको गुनासो छ । उनीहरु महङ्गो भएपनि हेलो नेपालको सिमकार्ड चलाउन बाध्य छन। गाउँमा हेलो नेपाल मोबाइलको रिचार्ज कार्ड व्यापारीले महङ्गोमा बिक्री गर्ने गरेका छन् । “यहाँ ५० को कार्ड खरिद गर्दा ६०,६५ रुपैयाँसम्म तिर्नुपर्छ,” स्थानीयवासी गौरब के.सीले भने।

२०५६ साल भन्दा पहिलानै झिम्पे टावर निर्माणगरी नेपाल प्रहरी बसेको र जनयुद्धकालमा माओबादी र प्रहरीको लडाईपछि टावर छाडेर गएपछि टावर बेबारिसे बनेको हो । यदी झिम्पे टावरमा कुनै पनि दुरसञ्चार कम्पनीले नेटवर्क जोडनसके हजारौ जन्ताका माझ सञ्चारसेवा पुग्ने जानकारहरु बताउछन। झिम्पे टावर निर्माणको लागी हाल सम्मकतै बाट पहल भईरहेको छैन।यदी झिम्पे टावर निर्माण गनेृहो भने को.झिम्पे र दमाचौरका स्थानियले हस्ताक्षर सहित डेलिगेसन लियर आए हामीले टावर निर्माणमा सक्दो पहल गर्छौ, नेपाल टेलिकम सल्यानका एक कर्मचारी बताउछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन