४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

काँग्रेस रुकुमको जिल्ला समिति पूर्णता पायो

२४ बैशाख २०७३, शुक्रबार १२:५१

गणेश सिर्पाली/वैशाख २४, रुकुम । नेपाली काँग्रेस रुकुमको जिल्ला कार्य समितिले पूर्णता पाएको छ ।

२२ र २३ गते बसेको कांग्रेस रुकुमको बैठकले विधानमा व्यवस्था भए वमोजिम जिल्ला कार्य समितिमा मनोनीत हुन बाँकी पदाधिकारी र सदस्यहरुलाई मनोनीत गरेर पूर्णता दिएको हो ।

जिल्ला सभापति प्रेमप्रकाश ओलीको अध्यक्षतामा बसेको काँग्रेस कार्य समितिको दोस्रो पूर्ण बैठकबाट मनोनीत हुन बाँकी उप–सभापतिमा निर्वाचित सदस्य गञ्जसिंह बुढा, सचिवमा जनककुमार चन्द र सह–सचिवमा थलबहादुर खड्कालाई मनोनित गरिएको नेपाली काँग्रेस रुकुमले जनाएको छ ।

बैठकले जिल्ला कार्य समितिमा मनोनीत हुन बाँकी ८ जना सदस्य र आमन्त्रीत १० जना सदस्यको पनि टुङ्गो लगाएको नेपाली काँग्रेस रुकुमको प्रचार तथा प्रकाशन विभागले जानकारी दिएको छ । दुई दिनसम्म पार्टी कार्यालय मुसिकोट खलंगामा बसेको बैठकमा जिल्लाको समसामयिक राजनीतिक परिस्थिती, काँग्रेसले अपनाउनु पर्ने रणनीति, कार्य समितिका सदस्यहरुको आचार संहिता, मासिक लेवी रकम निर्धारण गरिनुका साथै पार्टी कार्यालयको भवन निर्माण गर्ने निर्णय समेत भएको छ ।

भवन निर्माणको लागि आर्थिक संकलन तथा निर्माण समिति, पार्टीका अन्य नेताहरु, भातृसंघ संस्थाका प्रमुख, उद्योगी व्यापारिहरुबीचको छलफल पछि मात्र अर्काे बैठकबाट गठन गर्ने निर्णय भएको छ । भवनको लागत इष्टमेट र नक्सा तयार गर्न जिल्ला सभापति ओलीलाई जिम्मा दिएको जिल्ला सचिव सचिव भीमबहादुर खड्काले जानकारी दिनुभयो ।

यस्तै आगामी जेठ पहिलो साता भित्रै नेपाली कांग्रेसको आयोजनामा सदरमुकाम खलंगामा गाउँ कार्य समितिका सभापति एवं पदाधीकारी सहितका अगुवा कार्यकर्ताहरु, क्षेत्रिय समितिका पदाधीकारी, सक्रिय सदस्यहरु लगायत पार्टीका सम्पूर्ण भातृ संगठनहरुका लागी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट