४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

एकिकृत अखिल नेपाल शिक्षक संगठन सम्मेलनको तयारीमा

२४ बैशाख २०७३, शुक्रबार १३:०४

बैशाख २४, रुकुम । १० औँ जिल्ला सम्मेलनको तयारीमा रहेको एकिकृत अखिल नेपाल शिक्षक संगठन रुकुमले संगठन विस्तारको कामलाई जारी राखेको छ । यसैक्रममा आज खलङ्गा स्रोतकेन्द्र स्तरिय समिति गठन गरिएको छ ।

शिक्षकहरुको भेलावाट २ जना पछि थप्ने गरि प्रेमवहादुर विक अध्यक्ष र भिमु शाही सचिव रहेको समिति गठन गरिएको हो । यस्तै पर्शाराम वाँठाको अध्यक्षतामा भलाक्चा र भिमु शाहीको अध्यक्षतामा स्यालापाखा गाउँ समिति पनि गठन गरिएको छ । एकिकृत अखिल नेपाल शिक्षक संगठन रुकुमका उपाध्यक्ष हरिप्रसाद खनालको उपस्थितिमा समिति गठन गरिएको वताईएको छ ।

उता, वाँफिकोट स्रोत केन्द्रमा पनि नयाँ समिति गठन गरिएको छ । १३ सदस्यीय समितिको अध्यक्षमा हरिचन्द गिरी, उपाध्यक्ष दलवहादुर कुसारी, सचिव पर्शुराम खत्री र कोषाध्यक्ष दलवहादुर कुसारी रहनुभएको ।

दलवहादुर कुसारीको अध्यक्षक्षतामा भएको कार्यक्रममा एकिकृत अखिल नेपाल शिक्षक संगठन रुकुममका उपाध्यक्ष शेरविर दाहाल, जिल्ला समिति सदस्यहरु महेश्वर शर्मा, झुपिलाल पौडेल, जिल्ला सल्लाहकार समिति सदस्यहरु रत्नवहादुर केसि र नदिराम केसि, एकिकृत नेकपा माओवादीका वाँफिकोट गाविस ईन्चार्ज चन्द्रवहादुर केसिले वोल्नुभएको थियो ।

आगामी जेठ २१ र २२ गते हुन लागेको जिल्ला सम्मेलनलाई भव्य वनाउन सहयोग गर्ने निर्णय पनि भेलाले गरेको छ । भेलाको सञ्चालन गोपाल खड्काले गर्नुभएको थियो ।

यस्तै जिल्ला सह सचिव शशिराम विश्वकर्माको विशेश आतित्थ्यता तथा जिल्ला सल्लाहकार समिति सदस्य राधारमण झा को आतित्थ्यमा सिम्ली स्रोतकेन्द्रको भेला पनि सम्पन्न भएको छ ।

भेलाले भरत कुमार ओली को अध्यक्षतामा १३ सदस्सीय श्रोतकेन्द्र स्तरीय समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा अमृता ओली, सचिवमा मस्त बहादुर खड्का, कोषाध्यक्षमा गम बहादुर घर्ती, सहसचिबा प्रदिप खड्का मगर रहनुभएको छ ।

भेलाको संचालण जिल्ला कमिटी सदस्य शशिराम ओलीले गर्नुभएको सहकर्मि नारायणले खवर पठाएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ