४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

आगलागीबाट पाईप जल्दा खानेपानीको समस्या, ९० घरधुरी प्रभावित

२४ बैशाख २०७३, शुक्रबार १३:०५

बैशाख २४, रुकुम । रुकुमको वाँफिकोट ९ को कोलचौर, झिम्रु र फेरामा खानेपानीको समस्या भएको छ ।

गत २० गते स्थानिय बाख्ला वनमा लागेको आगोबाट गाउँमा खानेपानी ल्याईएको पाईप जलेपछि खानेपानीको समस्या भएको स्थानिय लिलाराम ओलीले जानकारी दिनुभयो ।

बसेनी छिप्रेखोला मुहानबाट पानी ल्याईएको ४० एमएमको करिब १५ सय ५० मिटर पाईप जलेको उहाँले बताउनुभयो । पाईप जलेपछि कोलचौर, झिम्रु र फेराका करिब ९० बढी घरधुरी खानेपानीको समस्यामा परेका छन् । त्यस्तै प्रावि कोलचौरका १ सय २० बढी विद्यार्थी तथा शिक्षकपनि खानेपानीको समस्यामा परेका छन् ।

गाविसको सहयोगमा स्थानियले १ वर्ष अगाडी निर्माण गरेको खानेपानी आयोजनाको पाईप जलेपछि स्थानियलाई पिउन, नुहाउन, कपडा धुन, शौचालय प्रयोग गर्न र पशु चौपायलाई पानी खुवाउन तथा अन्य दैनिक कामकाजमा निकै समस्या भएको छ । अहिले त्यस क्षेत्रका स्थानियवासीहरुले करिब २ घण्टाको पैदल दुरीमा रहेको छिप्राखोला मुहानबाट पानी बोक्ने गरेका छन् ।

त्यस्तै आगलागीबाट छिप्रेखोला गोत्थातबाट खनटाकुरा र फेरामा पानी ल्याईएको १ सय ९० एमएमको १ सय ६० मिटर र वसेनी छिप्रेखाबाट कोलचौर र झिम्रुमा पानी ल्याईएको १ सय मिटर सिंचाई पाईप पनि जलेको स्थानियले बताएका छन् । स्थानिय राजेन्द्र धितालको घर समेत आगलागीबाट जलेर ध्वस्त भएको छ ।

आगलागीबाट पाईप जलेपछि गाउँमा देखिएको खानेपानीको समस्या समाधानका लागी स्थानियले जिल्ला स्थित सरोकारवाला निकाय समक्ष माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ