४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

२७ पुष २०७२, सोमबार ००:३७

पुष २७, रोल्पा / रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ भने एक महिला गम्भीर घाइते भएकी छिन्।

सेरम–१ ठूलोगाउँका २९ वर्षीय पुर्णबहादुर विकको मोटरसाइकल दुर्घटनामा हुँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक केशव बहादुर बस्नेतले बताए ।

दुर्घटनामा परि घाइते भएका विकलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल लैजाने क्रममा बाटैमा ज्यान गएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार विक सवार लु। ५ प। ६६५७ को मोटरसाइकल खुंग्री–३ गोदुङमा दुर्घटनामा परेको हो ।

मोटरसाइकल तिब्र गतिमा चलाएकोले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । मोटरसाइकल सडकबाट करिव ३० मिटर तल झरेको प्रहरीले जानकारी दिएको छ । रातको समयमा विक प्युठानको चकचके देखि रोल्पाको सुलिचौर तर्फ आउँदै गर्दा दुर्घटनामा परेका हुन ।

विकसँगै मोटरसाइकलमा सवार जैमाकशला–८ की ४५ वर्षीय फुलमति विक गम्भीर घाइते भएकी छिन ।

फुलमतिको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार चालककै लापरबाहीको कारणले जिल्लामा पछिल्लो समय सवारी दुर्घटना बढेर गएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपाललाई चौथो सफलता, करण केसीले लिए विकेट एनआरएनए’ भित्रको विवाद समाधान गरेर संस्थालाई एकताबद्ध बनाउन प्रचण्डको सुझाव आइतबारको विदेशी मुद्राको विनिमय दर कति ? रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै एमालेको सचिवालय बैठक आज बस्दै आजको मौसम: यी ६ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, भुर्तेलको सानदार ब्याटिङ रवि पक्राउको विपक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीप्रति आक्रोश प्रचण्ड र एनआरएनएबिच भेटवार्ता: एकतामा जोड, गैरआवासीय नागरिकताबारे ध्यानाकर्षण रवि लामिछानेको पक्राउ प्रमाणमा होइन, राजनीतिक प्रतिशोधमा भएको छ’ नेकपाका महासचिवमा विप्लवले भने: माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य