२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

अशक्तको सहारामा रोल्पाका तीन बालबालिका

२०७४, ५ पुष बुधबार ०५:०८

पुस ५, रोल्पा । उमेर भर्खर २२ वर्ष भए पनि विष्णुमाया वली हिँडडुल गर्न सक्दिनन् । पाँच वर्ष अघिदेखि प्यारालाइसिसको संक्रमणबाट पीडित उनका हातखुट्टा राम्रोसँग चल्दैनन् । आफैँ अपांग विष्णु तीनजना नाबालक भदैको सहारा बनेकी छिन् । 

पुख्र्यौली घर रोल्पाको रांकोट छाडेर विष्णुका दाजु बालाराम वलीको परिवार पाँच वर्षअघि सदरमुकाम लिवाङ आयो । गाउँमा रहेको पाखो जग्गा बेचेर सदरमुकाम आएको वली परिवारले सानो घर बनाएर बसेको थियो । बालाराम वैदेशिक रोजगारीमा गए । विदेशमा कमाइ त्यति राम्रो नभएका कारण उनले पठाएको पैसा घर खर्चमै सकिने गर्दथ्यो । 

यसैबीच, बालारामकी श्रीमती यमुना वली बिरामी परिन् । यमुनाको उपचारका लागि विभिन्न ठाउँ लगियो । ऋण गरेर यमुनाको उपचार गरेको भएपनि रक्त क्यान्सरको बिरामी यमुनाको गत साल ३५ वर्षको उमेरमा निधन भयो । 

भाउजु यमुनाको मृत्यु हँुदा विष्णुसँग तीन नाबालक भदा भदै चार वर्षीय शिव, सात वर्षीया चेतना र १३ वर्षीया कमला साथमा थिए । दाजु विदेश रहेका कारण भाउजुको मृत्युको खबर पु¥याउन निकै समस्या भएको उनले स्मरण गरिन् । 

भाउजुको मृत्यु भएको केही दिनपछि दाजु बालाराम घर आई किरिया गरेको कमलाले बताइन् । कम्पनीबाट २० दिनको छुट्टीमात्रै पाएका कारण दाजु तत्काल विदेश फर्केको उनले बताइन् । विदेशमा कमाइ पनि राम्रो नभएकाले विष्णुका दाजु घर आउँदा खाली हात आएकाले विभिन्न व्यक्ति र संघसंस्थाको सहयोगमा भाउजुको काजक्रिया गरेको उनले बताइन् । 

अहिले विदेश रहेका दाजुले चार÷पाँच महिनाको एकपटक रु १०÷१५ हजार पठाउने गरेको उनले बताइन् । त्यही पैसाले सबै खर्च पु¥याएका छौँ, उनले भनिन् । 

वली परिवार बस्ने लिवाङ लहरीखोलाबाट करिब आधा घण्टाको दूरीमा दुईवटा निजी विद्यालय भए पनि शिव, चेतना र कमला एक घण्टा पैदल हिँडेर सामुदायिक विद्यालय पुग्छन् । 

नजिकको विद्यालय पढ्न त पैसा चाहियो नि, कहाँबाट ल्याउने र पैसा ? विष्णुले भनिन् । घरमा के खाउँ, के लाउँको अवस्था छ, बोर्डिङ पढाउने त सपनाको कुरा हो, विष्णु भन्छिन् । 

चारवर्षे शिव, सात वर्षे चेतना दैनिक दुई घण्टा पैदल हिँडेर विद्यालय आवतजावत गर्छन् । खोलाको बाटो भएका कारण वर्षात्को समयमा कसरी आवतजावत गर्लान् भन्ने चिन्ताले सताइरहन्छ, उनी भन्छिन् । 

कमलाले अध्ययन गर्दै गरेको विद्यालयले एसइइ परीक्षाको तयारीका लागि मंसिरदेखि चैतसम्म सबै विद्यार्थीलाई होस्टेल राख्ने गरेको छ । कमला पनि एसइइ परीक्षाको तयारीका लागि होस्टेल बस्नुपर्ने भयो । होस्टेल बस्नका लागि केही शुल्क जम्मा गर्ने अभिभावकको भेलाले निर्णय गरेको उनले सुनिन् । पैसा कहाँ खोज्ने भन्ने चिन्ताले उनलाई पिरोली रह्यो । 

कमलाले छिमेकमा समेत ऋण गर्न खोजिन् । धेरैसँग अनुनय विनय गर्दा बल्ल तल्ल ऋण पाएर विद्यालयमा जम्मा गरेपछि होस्टेल बसेर पढ्न पाउने भइन् । अहिले कमला होस्टेल बसे पनि उनको मन भने घरमै छ । अपांग फूपू अनि साना भाइ बहिनीले के खाए होलान् भन्ने चिन्ताले पिरोल्ने गर्छ उनलाई । 

आफ्नो समस्याका बारे विद्यालयमा जानकारी नगराएको कमलाले बताइन् । विद्यालयमा आफँै कसरी भन्ने ?, अभिभावक छैनन् । बुबाले विदेशबाट पठाएको पैसाले कापी कलम किन्ने गरेको उनले बताइन् । 

विद्यालयले केही महिना अगाडि नयाँ विद्यालय पोशाक थप गर्दा समेत किन्न समस्या परेको थियो, बल्लबल्ल किनेँ, कमलाले भनिन् । कमलाको घरको अवस्थाका बारेमा आफूहरुलाई कसैले जानकारी नदिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेले बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई होस्टेलमा केही सहुलियत दिन सकिने न्यौपानेले बताउनुभयो । 

प्यारालाइसिसको बिरामी विष्णुले पैसाको अभावले उपचार गर्न छोडिन् । केही वर्ष दाङमा रहेको दिदीको घरमा बसेर दुई वर्ष पहिलेदेखि मात्र दाइको घरमा बस्न थालेकी हुन् । पैसा छैन केले उपचार गर्ने र ? विष्णुले भनिन् । हिँडडुल गर्न सक्दिनँ, घस्रिएर यताउती गर्नुपर्छ, भदाभदैले दाउरा, पानीको व्यवस्था गरे भने भान्सासम्म तयार गरिदिन्छु, विष्णुले भनिन् । 

वैदेशिक रोजगारीका लागि खाडीमुलुक जाने रोल्पालीको संख्या चालिसाँै हजारभन्दा बढी छ । धन कमाउन विदेशिएका कयाँै रोल्पालीको शव रातो बाकसमा फर्किएका छन् भने कयौँको घरबार समेत यसैगरी लथालिङग भएका छन् । 

स्वदेशमै रोजगारीका अवसर सिर्जना हुनसके अकालमै मृत्युवरण गर्ने तथा घरबार लथालिंग हुने अवस्थाबाट मुक्त हुने जानकारहरु बताउँछन् । उमा केसी/रासस 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा