२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

पन्चेबाजा सँकटमा, बिहेमा बज्न छोडे मङ्गल धुन

१२ मंसिर २०७२, शनिबार १२:१९

सलिम अन्सारी/मङ्सिर १२, प्युठान । यो बिहेको मौसम हो, तर गाउँमा बिहेको रौनक देखिन्ऩ । शहर बजार होस या गाउँघरमा हुने बिबाह उसै पनी रमाईलो हुन्छ । बिहेको रङ्गीबिरङ्गी बातारणमा बाजाको मङ्गलमय धुनले सबैतिर उल्लासमय र उमङ्गमय बनाईरहेका नै हुन्छन ।

तर समय बदलिए सँगै बिहेको शैली पनी फेरिदैँ जान थालेपछी गाउँघर तिर पन्चेबाजाको मागमा समेत कमी हुँदै गएको छ । नयाँ पुस्ताले सिप र कला नसिक्दा र पहिलेका बुढापाकाहरु पुरानिदै गयपछी परम्परा नै लोप हुने अबस्थामा पुगेको छ । परम्परा देखी दमाई समुदायले बजाउँदै आएको पन्चेबाजा सँकटमा परेको हो ।

प्युठानको हँसपुरमा बस्दै आएका दमाईहरुले त्यस क्षेत्रका बिभिन्ऩ समुदायको शुभबिबाह,सभा समारोह,पुजाआजा र उत्सबका बेला बाजा बजाउँदै आए पनी पछिल्ला बर्षहरुमा यस्को लोकप्रियता घट्दै गयको स्वयँम उनीहरु बताउँछन ।

पहिले जस्तो मागी बिहे गर्ने चलन निकै कम भयकाले पन्चेबाजाको प्रयोगमा कमी आएको हो । उनीहरुले बाजा बजाएर अघी लागे शुभ हुने बिस्वाश लिईन्छ, बाजा बजाउने दमाईहरुको सँख्या भने आधा दर्जन भन्दा बढि छैन्ऩ।बाजा बजाउने दमाईको सँख्या नै कम भयकाले साँस्कृतिक एबम धार्मिक परम्परालाई निरन्तरता दिन पनी समस्या भयको छ ।

स्थानियबासी मुम बहादुर परियारले भने, युवाहरु बजाउने तर्फ आकर्षित नै छैन्ऩ अचेल बिहेमा पन्चेबाजा बजाउने चलनमा कमी आएका कारण दमाई समुदायका युवाहरुले पनी रोजगारीको अन्य बिकल्प रोज्न थालेका छन । जिल्लामा हुने बिभिन्ऩ सभा समारोहमा बाजागाजा बजाउने समुहमा बुढापाकाहरुलाई बढि देख्न सकिन्छ । शुभबिबाहका साथै गाउँमा हुने एकाध सार्बजनिक समारोहका अतिथीहरुलाई पन्चेबाजा बजाएर स्वागत गर्ने गरिन्छ ।

पन्चेबाजा अर्न्तगत दमाहा, झ्याली, ट्याङ्को, नरसिङ्गा र सनहि पर्छन । हँसपुर गाबिसमा घण्रघछ घरधुरी दमाई समुदायको बसोबास रहेको छ । अधिकाशँ युवा कामका लागी भारत तिर छिरेका छन । गाउँमा बाजा बजाउने केटाहरु नै छैन्ऩ । स्थानिय रुक बहादुर नेपालीले भनेुहामीहरुले बाजा बजाउन छोड्यौ भने यहाँ बाजा बजाउने मानिस नै छैन्ऩ । गाउँमा बसेका युवाहरुले बाजा बजाउन सिकेका छैन्ऩ ।

बाजा बजाउन जान्ऩेहरु बितेपछी बाजा बजाउने अर्को पुस्ता नै छैन्ऩ । हँसपुर टका जुठे नेपालीले भनेुबाजा बजाउनेहरु भयन्ऩ भने यहाँको परम्परा नै सँकटमा पर्छ।गाउघर तिर पन्जेबाजाको समुह अगाडी लगाएर जन्ती सहित दुलहि लिन जाने गर्छन । पन्जेबाजा बेहुला पक्षको घरबाट बजाउन बोलाईने चलन छ ।

उनीहरुले बाजा बजाए बापत पारिश्रमिक स्वरुप पन्ध्र सय देखी पच्चिस सय रुपैयाँ सम्म लिने गरेका छन । पहिले जस्तो बाबुआमाले छिनेका सँगै बिहे गर्नेहरुको कमी आएकाले र युवायुवतीले प्रेम बिबाह र मन्दिरमा गइ बिहे गर्ने प्रचलनका कारण पन्चेबाजाको प्रयोगमा कमी आएको अधिकाशँको बुझाई छ ।
साईतको बेला बजाईने बाजा भयकाले पन्चेबाजा बजाउने सँस्कृतीलाई निरन्तरता दिनुपर्ने बुढापाकाहरुको सुझाब रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान