2026-10-26 11:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखामा ‘ब्लड बैंक’ सञ्चालन तयारी

पुस १७, गोरखा । रगतको अभावमा परेका बिरामीलाई सेवा दिनका लागि गोरखामा रक्तसञ्चार केन्द्र ‘ब्लड बैंक’ सञ्चालन गर्ने तयारी गरिएको छ । 

बेल्जियम रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले जिल्ला अस्पताल गोरखासँगको समन्वयमा अत्याधुनिक रक्तसञ्चार केन्द्र सञ्चालनको तयारी गरिएको हो । 

करिब रु एक करोड लगानीमा रक्तसञ्चार केन्द्रका लागि आवश्यक पर्ने मेसिन ल्याइने केन्द्रीय रक्तसञ्चार केन्द्रका लेखा अधिकृत ईश्वरी पन्तले बताउनुभयो । 

साथै बेल्जियम रेडक्रसकै सहयोगमा करिब रु एक करोड लगानीमा रक्तसञ्चार केन्द्रका लागि भवन निर्माण गर्ने तयारी गरिएको पन्तले बताउनुभयो । 

रक्तसञ्चार केन्द्र स्थापनाका लागि आफ्नै भवन निर्माण नहुञ्जेलसम्म अस्थायीरुपमा जिल्ला शिक्षा कार्यालयको पुरानो भवनको भुइँतलामा राख्ने निर्णय भएको नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाका सभापति भगवानबाबु मास्केले जानकारी दिनुभयो । 

रक्तसञ्चार केन्द्र स्थापनाका लागि आज सदरमुकाममा आयोजित छलफलमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले शिक्षा कार्यालयको खाली भवनमा रक्तसञ्चार केन्द्रका सामग्री राखेर त्यहीबाट सेवा आरम्भ गर्ने सहमति भएको जानकारी दिनुभयो । 

केही वर्षअघिदेखि गोरखा अस्पताल परिसरमा सञ्चालित रक्तसञ्चार केन्द्रमा धेरै मात्रामा रगत राख्न नसकिने हुँदा यसले उपलब्ध गराउने सेवा कमजोर छ । अस्पतालका प्रमुख श्रीराम तिवारीले अत्याधुनिक सेवासहित रक्तसञ्चार केन्द्र खोल्नुपर्ने सुझाव दिनुभयो । यस्तै अस्पतालमा दरबन्दीअनुसार डाक्टर नहुँदा बिरामीको उपचारमा समस्या आएको छ । 

यस्तै सरकारले स्थानीय तहमा २५ शय्या क्षमताका अस्पताल सञ्चालन गर्ने तयारी गरेकाले सदरमुकाममा सञ्चालन गरिने रक्तसञ्चार केन्द्रले सबै स्थानीय तहका अस्पताललाई सेवा दिने सरोकारवालाको अपेक्षा छ । 

रेडक्रसले सरकारी, गैरसरकारी कार्यालय, स्थानीय तह र उद्योग वाणिज्य संघलगायत निजी क्षेत्रका सरोकारवालासँग रक्तसञ्चार केन्द्र सञ्चालन गर्नेबारे जानकारी गराएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने