२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कष्टकर जीवन बिताउन बाध्य मोतियाफाँटाका सुकुम्वासी

१९ पुष २०७४, बुधबार ०२:३४

राजेन्द्रप्रसाद पनेरु/पुस १९, कञ्चनपुर । पुनर्वास नगरपालिका–८ मोतियाफाँटाका सुकुम्वासी परिवार कष्टकर जीवन बिताउन बाध्य छन् । 

करिब डेढ बिगाहा क्षेत्रफलमा १७६ घरधुरी सुकुम्वासी परिवार बसोबास गर्दै आएको मोतियाफाँटामा सडक, विद्युत्, खानेपानी, स्वास्थ्यलगायतका आधारभूत सेवा सुविधा पुग्न सकेका छैनन् । 

गणतन्त्र आएर जनप्रतिनिधि चुनिएर कार्य क्षेत्रमा खटिँदासमेत पुरानै अवस्थामा बाँच्नु परेको गंगे सुनारले बताउनुभयो । नगरपालिकामा जनप्रतिनिधि आएपनि गाउँमा अहिलेसम्म कुनै पनि विकासका कार्यक्रम पुग्न नसकेको उहाँले बताउनुभयो । 

विसं २०७२ असारमा पुनर्वास नगरपालिका खुला दिसामुक्त नगर घोषणा भयो तर मोतिया गाउँको आधाभन्दा बढी बस्तीमा शौचालय नै छैन । 

एकसय ७६ घरधुरीमध्ये १०० घर परिवारले आर्थिक अभावले शौचालय बनाउन सकेका छैनन् । मोतियाफाँटामा अहिलेसम्म नत बिजुली बत्ती पुग्न सकेको छ न पर्याप्त खानेपानीको धारा नै छ, जग्गाको अभावमा शौचालय बनाउने ठाउँ पनि नरहेको स्थानीय बासिन्दा बताउँछन् । 

जीविकोपार्जनका लागि अधिकांश बासिन्दा भारततिर जान्छन् भने कतिपय गाउँमै ज्याला मजदुरी गर्छन् । “नेपाल भारत सीमादेखि करिब २०० मिटरको दूरीमा रहेको मोतियामा राज्यले त ठग्यो नै भारतीय दुधवा नेशनल पार्कबाट वर्षेनी आउने जंगली हात्तीले घर भत्काइदिने, थोरै जग्गामा लगाएका बालीनाली तहसनहस पारिदिने गरेकाले झनै समस्या सिर्जना हुँदै आएको छ” समाजसेवी लहविर सुनारले भन्नुभयो । 

करिब ८० प्रतिशत दलित परिवार बसोबास गर्ने मोतियावासीले आफ्नै पहलमा सञ्चालन गरेको स्थानीय नवदुर्गा आधारभूत विद्यालयसमेत चन्दा संकलनबाट सञ्चालन हुँदै आएको छ । 

आधारभूत तहसम्म पढाइ हुने नवदुर्गामा दुईजना अस्थायी दरबन्दी एकजना राहत र एकजना निजी गरी चारजना शिक्षकले विद्यालय सञ्चालन गरेका छन् । “चुनावमा धेरैले आशा देखाए, चुनाव जितेपछि पनि बस्तीका आधारभूत समस्या समाधान गर्न चासो देखाइएको छैन” स्थानीय वीरे बुढाले भन्नुभयो । 

बस्ने बासभन्दा बस्तीका अरु कुनै सुविधा प्राप्त नभएकाले कष्टकर जीवन बिताउँदै आएको दुखेसो सोना मिजारले पोख्नुभयो । घनाबस्तीका कारण गाउँमा अहिलेसम्म तीनपटकसम्म आगलागी हुँदा बस्ने घर र घरभित्र राखिएको सम्पत्ति जलेर नष्ट भएको उहाँले बताउनुभयो । आगलागीबाट पीडित बन्दासमेत सोधखबर लिनसमेत कोही बस्तीमा नपुगेको उहाँले बताउनुभयो । 

स्थानीय जनजागरण सामुदायिक वनमा सदस्य भएकाले बेलाबेलामा घर निर्माणका लागि केही काठ भने बस्तीका बासिन्दाले पाउने गरेका छन् । समस्याले जेलिएको मोतियाफाँटाका बासिन्दाले आफ्नो गाउँठाउँमा पनि विकास हेर्न चाहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो