१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा १५ प्रतिशत बालबालिका कडा कुपोषणको चपेटामा

२२ पुष २०७४, शनिबार ०८:३१

राम नारायण पंडित/पुस २२, सिरहा । बालबालिकाहरुमा देखिएको कुपोषण हटाउन सिरहामा शिघ्र कुपोषण एकिकृत व्यवस्थापन कार्यक्रम लागू भएको छ । 

गएको भदौ महिनामा तराई मधेशमा आएको बाढीको चपेटामा परेका बालबालिकाहरुको दृष्टिगत गर्दै सिरहामा कुपोषण हटाउन शिघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रम लागू भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा. चुमनलाल दासले बताए । 


बाढीका कारण पोषणमा परेका असरलाई सम्हाल्नका लागि कार्यक्रम संचालन गरिएको उनले बताए । उनले भने “सानो बच्चा भएका दुध चुसाउने आमा र बच्चाहरुमा बाढीका कारण पोषणमा असर परेकोले “न्युट्रिसियन इन ईमरजेन्सि” भन्ने कार्यक्रम ल्याईएको छ ।   

मिर्चैयामा संचालित सिध्र कुपोषण एकिकृत ब्यबस्थापन कार्यक्रम सम्बन्धि स्वास्थ्यकर्मीहरुको प्रशिक्षणको क्रममा प्रमख डा. दासले सिरहामा गरिएको “क्विक एसिस्टेन्ट” अध्ययन अनुसार १५ प्रतिशत बालबालिका कडा कुपोषणको चपेटामा रहेको बताए । 

उनले भने, “अहिले जिल्ला भित्रको अवस्था हेर्दा कडा खालको कुपोषित बालबालिका १५ प्रतिशत रहेको छ, जबकी देशभरीमा १० प्रतिशत र प्रदेश नम्बर २ मा १४.४ प्रतिशत बालबालिकाहरु कडा कुपोषणको मारमा रहेका छन् ।” 

“गर्भवती महिलामा पोषणयुक्त खानाको अभाव, कामको अत्यधिक बोझ, आरामको अभाव र पारिवारिक बेवास्ताका कारण बालबालिकामा कुपोषणको अवस्था पनि भयावह देखिएको छ ।” कार्यक्रम अन्तर्गत जिल्लाका बिभिन्न स्थानमा सर्वोतम पिठो बाड्एिको छ भने कतिपय स्थानहरुमा बाड्ने क्रम जारी रहेको उनले बताए । 

त्यस्तै, आमाहरुलाई तयारी खाना बितरण गर्ने, बच्चाहरुको पाखुराको नाप र वजन लिने काम भइरहेको समेत उनले बताए । 

ग्रामीण भेगका गरिब तथा दलित समुदायका बच्चा खान नपाएर कुपोषणग्रस्त छन् भने शहरी भेगमा सन्तुलन मिलाएर खुवाउने चेतनाको कमीले कुपोषित रहेका प्रमुख डा. दासको भनाई रहेको छ ।

उनले भने “५ बर्ष सम्मका बालबालिकामा गरिएको अध्ययनमा कुपोषण ग्रस्त बच्चाको शारीरिक, मानसिक तथा सामाजिक विकासमा असर पुगेको, उमेर अनुसार तौल र उचाई नबढेको पाईएको छ, तसर्थ, कुपोषित बच्चालाई सुपोषित बनाउन अभियान संचालन गरिएको छ ।” कार्यक्रम अन्तर्गत जिल्ला भरीका महिला स्वास्थ्य स्वयंसेविकादेखि स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुलाई कुपोषण व्यवस्थापन र उपचारका बिषयमा तालिम दिईरहेको समेत प्रमुख डा. दासले स्पष्ट गरे ।  


ढिलै भएपनि सिरहा जिल्लाको लागि यो धेरै राम्रो कार्यक्रम रहेको कार्यक्रमका प्रशिक्षक रामानन्द पंडितले बताए । उनले भने “यस्तो कार्यक्रम हुनै पर्ने हो, सिरहा जिल्लामा धेरै बच्चाहरु कुपोषित भएका छन्, बच्चाहरुलाई कुपोषित हुन नदिनका लागि स्वास्थ्य कार्याकर्ताहरुको माध्यमबाट सहजिकरण गर्नुपर्छ ।” यो समस्या खासगरि गरिबी र अशिक्षाका कारण भएकोले बुझाउन सके सजिलै संग कम गर्न सक्ने प्रशिक्षक पंडितले दाबी गरे । 

युनिसेफ र डब्ल्युएफपीको आर्थिक सहयोग, युके एड, रिपब्लिक फ्रान्सिस, ग्लोबल हेल्थ एलाईन्स नेपाल, नेपाल पब्लिक हेल्थ फाउन्डेसन, अस्ट्रेलियन एडको समन्वय र जिल्ला स्वास्थ्य कार्यालय सिरहाको संयोजनमा कार्यक्रम संचालित रहेको प्रमुख डा. दासले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक