पुस २२, सुर्खेत । झुप्रा खोलाबाहेक पछिल्लो समय थप गरिएको खरी र बोरीखोला आयोजनाबाट २२ लिटर प्रतिसेकेण्ड पानी थप भएपछि पानीको चर्को समस्या केही मत्थर हुने भएको छ । 

शनिवार संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा १७ करोड लागतको सो आयोजनाबाट पूर्णरुपमा सम्पन्न हुन अवको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २२, सुर्खेत । झुप्रा खोलाबाहेक पछिल्लो समय थप गरिएको खरी र बोरीखोला आयोजनाबाट २२ लिटर प्रतिसेकेण्ड पानी थप भएपछि पानीको चर्को समस्या केही मत्थर हुने भएको छ । 

शनिवार संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा १७ करोड लागतको सो आयोजनाबाट पूर्णरुपमा सम्पन्न हुन अवको "/>

१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतमा खानेपानी समस्या समाधान खोजिँदै

२२ पुष २०७४, शनिबार १४:५९

पुस २२, सुर्खेत । झुप्रा खोलाबाहेक पछिल्लो समय थप गरिएको खरी र बोरीखोला आयोजनाबाट २२ लिटर प्रतिसेकेण्ड पानी थप भएपछि पानीको चर्को समस्या केही मत्थर हुने भएको छ । 

शनिवार संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा १७ करोड लागतको सो आयोजनाबाट पूर्णरुपमा सम्पन्न हुन अवको एक महिनामात्र लाग्ने संस्थाका अध्यक्ष कुलमणि देवकोटाले जानकारी दिए ।

उनले सो आयोजनाबाट ३० लिटर प्रतिसेकेण्ड पानी थप हुने वताए । अहिल्यै २२ लिटर प्रतिसेकेण्ड आइसकेकोले संस्थाको आम्दानी ११ प्रतिशतले थप पनि भएको जानकारी उनले दिए । 

सो आयोजनाबाट पानी आएपछि अव पानीको लोडसेडिङ २४ घन्टाभन्दा बढी नहुने बताइन्छ । यसअघि ९६ घन्टाको पालो लगाउने गरिएको थियो । सुर्खेत उपत्यकाको खानेपानी समस्यालाई दीर्घकालीन समाधान गर्न भेरी नदीको पानी ल्याउन लागिएको छ । 

भेरी पम्पिङ आयोजना नाम दिइ अहिले विस्तृत सर्वेको काम भइरहेको छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार अवको तीन बर्षभित्र सुर्खेत उपत्यकाबासीले भेरी नदीको पानी खान पाउनेछन् ।

उक्त आयोजनाका लागि परामर्शदाता सिएमएस÷जेकन÷जीकन जेपी रहेको छभने क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय र सुर्खेत उपत्यका खानेपानी संस्थाले समन्वय गरिरहेका छन् । 

भेरी नदी र झुप्रा खोलाको दोभानस्थललाई स्रोतको रुपमा प्रयोग गरेर इन्फिल्टूेशन ग्यालरी, पम्पिङ स्टेशन र ओभरहेड ट्यांकीहरुलगायत आवश्यक संरचनाहरु सोही क्षेत्रमा निर्माण गर्न उपयुक्त हुने जनाइएको छ । 

विद्युत र सडकको सहज पहुँच, मर्मत सम्भार गर्न सहज हुने, पम्पिङ पश्चात ग्राभिटी फ्लोबाट पानी ल्याउन सहज हुने र पम्पिङको लागि भर्टिकल डिस्टेन्स कम पर्ने सुझाव संस्थाले दिएको छ ।

सो आयोजनाका लागि एक अर्ब बढी रकम लाग्ने जनाएको छ । संस्थाका अध्यक्ष कूलमणि देवकोटाले बढ्दै गएको खानेपानी समस्यालाई दीर्घकालीन समाधान गर्न भेरीको पानी ल्याउने तयारी भइरहेको जानकारी दिए । 

उनले ९० प्रतिशत सरकारको अनुदान र १० प्रतिशत उपभोक्ताको लागतमा सो आयोजना बनाउने मोडल तयार पारिएको उल्लेख गरे । त्यति धेरै रकम जुटाउन चुनौती भएपनि दीर्घकालीन समस्या समाधानका लागि यसको विकल्पपनि नभएको अध्यक्ष देवकोटाले बताए ।

सुर्खेत उपत्यकाको एक सय बर्ष पछिसम्मको खानेपानीको माग पूरा हुनेगरी सर्वे गर्ने काम भइरहेको छ । भेरीबाट करिव ५०० देखि ७०० लिटर प्रतिसेकेण्ड पानी ल्याइने बताइन्छ । 

परामर्शदाताले पम्पिङ स्टेशन र इन्टेक बनाउनका लागि विस्तृत सर्वे गरिसकेको छ भने वीरेन्द्रनगर ११ को अमृतडाँडामा ट्रिटमेन्ट प्लान्ट निर्माणको पनि सर्वे गरिसकेको छ । 

साथै सुर्खेत उपत्यकाको धुरीधुरी सर्वेक्षणका लागि ५ जनाको टोली बनाएर विभिन्न स्थानका ८०० घरधुरीको तथ्याङ्क संकलन भइरहेको संस्थाका अध्यक्ष देवकोटाले जनाए ।

भेरी नदीको पानी नै सुर्खेत उपत्यकाबासीको दीर्घकालीन खानेपानी समस्या समाधानको एउटामात्रै उपाय रहेको उनले बताए । सुर्खेत उपत्यकामा अहिले डेढ लाख जनसंख्या छ । 

उक्त जनसंख्यालाई दैनिक एक करोड ५० लाख लिटर खानेपानीको आवश्यकता छ तर आपूर्ति भने १४१ लिटर प्रतिसेकेण्ड मात्रै भइरहेको छ । अझै दैनिक २८ लाख लिटर पानी अपुग छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक